एक्सन अवतारमा गौरव « Khabarhub

एक्सन अवतारमा गौरव


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेता गौरव पहाडीले एक्सन अवतारमा आफुलाई प्रस्तुत गर्ने भएका छन् । प्राय पोजेटिभ क्यारेक्टरमा देखिँदै आएका गौरवले आउँदो फिल्म ’शमशेर’ मा आफुलाई एक्सन अवतारमा प्रस्तुत गर्न लागेका हुन् । उनी आफैँ पनि नेगेटिभ रोलमा आफुँलाई प्रस्तुत गर्न चाहन्छन् । ’मलाई धेरैले नेगेटिभ रोल गर्न सुझाएका छन् । मलाई आफैँ पनि केहि फरक गरौँ भन्ने छ’ गौरवले भने ।

यद्दपी उनले फिल्म ’शमशेर’ मा निर्वाह गर्ने भूमिकाबारे भने खुलाउन मानेनन् । उनी फिल्ममा एक्सन अवतारमा प्रस्तुत हुने फस्ट लुक्सले प्रस्ट्याई सकेको छ । डेब्यु फिल्म ’मन्जरी’ बाट पाएको फोहोरी केटा र साईलाको उपनाम बिर्साउने भूमिकाको  प्रतिक्षामा गौरव छन् ।

फिल्ममा मनिष राउत अनुबन्धित भइसकेका छन् । अभिनेता राउतले ‘शमशेर’ माशिर्ष भूमिका निर्वाह गर्ने भएका छन् । निर्माण पक्षले फस्ट लुक पोस्टर आउट गर्दै फिल्म निर्माण हुने घोषणा गरेको छ । एभरेष्ट फिल्म एकेडमी र डिआर डेनिमको निर्माणमा तयार हुने फिल्ममा मनिषले शिर्ष भूमिका निर्वाह गर्नेछन् ।

एक्सन जनरमा बन्ने फिल्ममा मनिषको एक्सन दर्शकले हेर्न पाउने निर्माण पक्षले बताएका छन् । फिल्ममा मनिषसँगै सुमन थापा, सविन शाक्य , रुपेश कार्की , रुपेश लामा, आशिस पराजुली लगायतका कलाकारको अभिनय रहनेछ । काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनसँगै दुवईमा समेत छायांकन हुने फिल्ममा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ । गौरी शंखर र विकाश सिटौलाले खिच्ने फिल्म सीबर्ड्स इन्टरटेनमेन्टले निर्माण गर्नेछ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : ५९ बजे

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण

नोरा फतेही मुम्बई दुर्घटनापछि पनि स्टेजमा चम्किइन्

काठमाडौं– बलिउड अभिनेत्री नोरा फतेही शनिबार मुम्बईमा सानो कार दुर्घटनामा