हात्ती कुन बेला कस्तो भावनामा हुन्छ ? नयाँ अध्ययन यसो भन्छ « Khabarhub

हात्ती कुन बेला कस्तो भावनामा हुन्छ ? नयाँ अध्ययन यसो भन्छ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको भावना उसको सामाजिक परिवेशबाट धेरै प्रभावित हुन्छ । मानिसको सामाजिक व्यवहारले तनाव, चिन्ता, त्रास जस्ता भावनाहरुमा प्रभाव पारिरहेको हुन्छ ।

तर, हात्तीमा पनि यस्तो नियम लागू हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार हात्तीहरू समूहभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले मत्त हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी ढोई हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरी तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालिएको जनाइएको छ । अनुसन्धान टोलीले म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।

‘हामीले पत्ता लगाएका छौं कि भाले हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरू भन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् । 

‘सामाजिक समूहमा बच्चाहरू हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हर्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरूले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : २७ बजे

हिमलुङ हिमपहिरोमा थप दुई शव भेटिए, मृतकको संख्या चार पुग्यो

मनाङ- मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाएका थप दुई

नेपालमा प्रत्येक वर्ष रेबिजबाट एक सय जनाको जान्छ ज्यान

काठमाडौं– नेपालमा रेबिज रोगका कारण प्रत्येक वर्ष करिब १ सय

नेप्से परिसूचक १६.४७ अंकले घट्यो

काठमाडौं- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १६.४७ अङ्कले

समावेशी आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं– राष्ट्रिय समावेशी आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख खड्कालाई मानव अधिकार आयोगको बोलावट

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका