हात्ती कुन बेला कस्तो भावनामा हुन्छ ? नयाँ अध्ययन यसो भन्छ « Khabarhub

हात्ती कुन बेला कस्तो भावनामा हुन्छ ? नयाँ अध्ययन यसो भन्छ


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मानिसको भावना उसको सामाजिक परिवेशबाट धेरै प्रभावित हुन्छ । मानिसको सामाजिक व्यवहारले तनाव, चिन्ता, त्रास जस्ता भावनाहरुमा प्रभाव पारिरहेको हुन्छ ।

तर, हात्तीमा पनि यस्तो नियम लागू हुने नयाँ अध्ययनले देखाएको छ । उक्त अध्ययन अनुसार हात्तीहरू समूहभन्दा एक्लै हुँदा तनाव र चिन्तित हुन्छन् । एक्लोपनले भाले मत्त हात्तीको तनावको स्तर बढाएको छ, जबकि पोथी ढोई हात्ती बच्चा जन्माउँदा कम तनावमा देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

टर्कु विश्वविद्यालयले गरेको अध्ययनले म्यानमारमा एसियाली हात्तीको दिसाको विश्लेषण गरी तनावको हर्मोनको तहलाई तुलना गरी सो निष्कर्ष निकालिएको जनाइएको छ । अनुसन्धान टोलीले म्यानमारका ९५ एसियाली हात्तीको अध्ययन गरेको थियो ।

अनुसन्धानकर्ताका अनुसार भाले हात्तीको तुलनामा पोथी हात्ती अझै पनि बलियो सामाजिक बन्धनबिना अन्य हात्तीसँग अन्तरक्रिया गर्न सक्षम हुन सक्छन् । तसर्थ, ती बन्धनको अभावलाई तनावको रुपमा बुझ्न सकिदैन ।

‘हामीले पत्ता लगाएका छौं कि भाले हात्तीहरूले कुनै साथी नभएको बेला र पोथीहरू भन्दा पनि धेरै भाले भएको सामाजिक समूहमा हुँदा उच्च तनाव देखाउँछन्’ अध्ययन टोलीका मार्टिन सेल्टम्यान र प्राध्यापक भिरपी लुम्मा भन्छन् । 

‘सामाजिक समूहमा बच्चाहरू हुँदा पोथी हात्तीले न्यून तहको तनाव देखाउँछन् । सामाजिक समूहको आकार पुरुष वा महिलाहरूमा तनाव हर्मोनको स्तरसँग सम्बन्धित छैन,’ उनीहरूले भने ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : २७ बजे

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक