इण्डो नेपाल क्रिकेट: एमएफसी भारतलाई उपाधि | Khabarhub Khabarhub

इण्डो नेपाल क्रिकेट: एमएफसी भारतलाई उपाधि


६ चैत्र २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– लुम्बिनीमा भएको इन्डो–नेपाल क्रिकेट टुर्नामेन्ट पडरिया लुम्बिनी प्रिमियर लिग (पीएलपीएल) सिजन चारको उपाधि भारतको जितेको छ ।

आइतबार भएको फाइनलमा आयोजक लुम्बिनी नव युवा क्लबलाई एमएफसी उस्का बजार भारतले ५७ रनको अन्तरले विजय भएको हो ।

लुम्बिनी नव युवा क्लबको आयोजनामा लुम्बिनी विकास कोष परिसर पडरिया खेल मैदानमा सुरुवाती ब्याटिङ गरेको भारतले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन जोडेको थियो ।

जसका लागि मुलायमले ६१, शिवमले ५० र सचिनले ३९ रन बनाएका थिए । बलिङतर्फ नव युवाका बैतुल्लाहले ४, गणेशले २ र रवि यादव, मनौअर खानले १–१ विकेट लिए ।

जवाफी ब्याटिङमा २१४ रनको लक्ष्य पाएको नव युवाले १५ ओभरमा १८७ रनमै समेटिएपछि जित निकाल्न सकेनन् ।

५७ रनले हार ब्यहोरेको टिमका लागि मनौअर खानले ४९, पंकजले २७ र बिट्टुले २४ रनको योगदान गरे ।

फाइनल खेलमा उस्काका मुलायम यादव म्यान अफ द म्याचबाट पुरस्कृत भएको क्लबका अध्यक्ष अहमद हुसेनले जानकारी दिए ।

प्रतियोगितामा नेपालका १६ र भारतका १६ गरी ३२ वटा क्रिकेट टिमले सहभागिता जनाएका थिए ।

विजेताले १ लाख २५ हजार, उपविजेताले ७० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

यस क्षेत्रको सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा नेपाल र भारतबीचको प्रतिस्पर्धाले थप रोमाञ्चक भएको प्रतियोगिताका संयोजक मोहम्मद सरिफले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ५ : ३७ बजे

‘अन्धकारको अन्त्य गर्दै नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔं’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा

नर्सका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, तिहार बिदामा पनि काम गर्ने

काठमाडौं – पारिश्रमिकका लागि संघर्षरत नर्सको समस्याको सम्बोधन गर्न सातवटै

तिहारमा आरटीजीएस प्रणाली सञ्चालनमा रहने

काठमाडौं – तिहार पर्वको अवसरमा समेत ‘रियल टाइम ग्रस सेटलमेन्ट’

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज साँझ धन धान्यकी देवी लक्ष्मीको पूजा

काठमाडौं – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,