आईपीएल : बैंगलोरको पाँचौं जित « Khabarhub

आईपीएल : बैंगलोरको पाँचौं जित


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले पाँचौं जित दर्ता गरेको छ।

मंगलबार राति भएको खेलमा बैंगलोरले लखनउ सुपर जायन्ट्सलाई १८ रनले पराजित गरेको हो। सुरुमा ब्याटिङ गरेको
बैंगलोरले दिएको १ सय ८२ रनको लक्ष्य पूरा गर्न नसक्दा लखनउ पराजित भएको हो। लखनउले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६३ रन मात्र बनाउन सक्यो।

लखनउका कुर्नाल पान्डेयले ४२, कप्तान केएल राहुल ३०, मार्कुस स्टोनिसले २४ रन बनाउँदा दिपक होडा र आयुषले समान १३ रन जोडे। बैंगलोरका जोश हाजलउड एक्लैले ४ विकेट लिए भने हर्सल पटेलले २ विकेट लिए।

पहिले ब्याटिङ गरेको बैंगलोरका लागि फाप डु प्लेसिसले ९६ रनको अर्धशतकीय इनिङ खेले। शाहबाज अहमेदले २६, ग्लेन म्याक्सवेल २३ रन बनाए भने दिनेश कार्तिक १३ रनमा अविजित रहे।

लखनउका जासन होल्डर र दुश्मन्था चामिराले दुईदुई विकेट लिए। जितसँगै बैंगलोर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।

बैंगलोरले ७ खेलमा १० अंक जोडेको छ। लखनउ ७ खेलमा ८ अंक जोडेर चौंथो स्थानमा छ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : २२ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा