पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढायो : डा. कोइराला « Khabarhub

पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढायो : डा. कोइराला


७ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको निर्णय विपरित कांग्रेसले चुनावी तालमेललाई अघि बढाएको टिप्पणी गरेका छन्।

नेविसंघले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा कोइरालाले केन्द्रीय समितिको निर्णय विपरीत गठबन्धनको नाममा तालमेलको निर्णय भएको बताएका हुन् । उनले कम्युनिष्टसँग तालमेल हुनुको लेखाजोखा निर्वाचनपछि गर्ने भन्दै अहिले कांग्रेसका उम्मेदवार जिताउन सबै  लाग्नुपर्ने धारणा राखे। नेता कोइरालाले कांग्रेस मुलुकको बलियो पार्टी भएको भन्दै गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने स्पष्ट पारे।

त्यस्तै कांग्रेस महामन्त्री गगन थापाले सबै कम्युनिस्टहरू एकै भए पनि एक्लै चुनाव लड्न सक्ने कांग्रेस बनाउनुपर्ने बताए। उनले चुनावमा हुने पदको बार्गेनिङसंग कांग्रेस डराउन नहुने तर्क गरे।

चुनावी तालमेलबारे स्थानीय समितिले नै अन्तिम निर्णय गर्नुपर्ने कांग्रेसको निर्णय भएपनि अहिले त्यस्तो हुन नसकेको उनले बताए।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ६ : २३ बजे

दसैँ बिदामा अस्थायी इजलासबाट सेवा प्रवाह हुने

पर्सा – नेपालीको महान पर्व वडा दसैँको सार्वजनिक बिदामा उच्च

कांग्रेस महाधिवेशन : उपसभापति र महामन्त्री पदको मतगणना सुरु

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भएको मतदान अन्तर्गत उपसभापति र

आवास सङ्कटको दबाबबीच स्पेनका प्रधानमन्त्री सान्चेजद्वारा चुनावी अभियान सुरु

स्पेन- स्पेनमा आवास सङ्कटलाई लिएर विरोध प्रदर्शन चर्किरहेका बेला प्रधानमन्त्री पेड्रो

भारतमा ६० जना कानुन व्यवसायी पक्राउ

काठमाडौं- भारतमा प्रदर्शन जारी रहँदा राजधानी दिल्लीमा प्रहरीले सर्वोच्च अदालत