‘शिक्षा, स्वास्थ्य र बजार व्यवस्थापन मेरो प्राथमिकतामा छ’ « Khabarhub

‘शिक्षा, स्वास्थ्य र बजार व्यवस्थापन मेरो प्राथमिकतामा छ’


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको हरिपुर नगरपालिकाको मेयरमा निर्वाचित नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका गोपाल पजियारले आफ्नो लागि धेरै नै चुनौती रहेको बताएका छन् । उनले आफूले चुनाव जित्नु भन्दा पनि जनताको अपेक्षाअनुसार काम गर्ने चुनौती रहेको बताएका छन् । शिक्षा क्षेत्रमा वर्षौँदेखि सक्रिय रहेका पजियारले त्यहीँ विश्वासमा मत पाए । त्यो मतले गरेको विश्वास अनुसार हरिपुर नगरपालिकामा परिवर्तन गर्नु पर्ने दायित्व उनमा छ । 

‘म शिक्षा क्षेत्रबाट यता आएको हो । मेरो लागि नयाँ क्षेत्र भएता पनि मैले गर्ने कामको प्लानिङ गरिसकेको छु । त्यसलाई विस्तारै मूर्तरूप दिनेछु’ मेयर पजियारले भने । उनले ६ हजार ९ सय ३८ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी माओवादी केन्द्रका उम्मेदवार सुनिलकुमार बुढाथोकीले ३ हजार ८ सय ८७ मत प्राप्त गरे । यति धेरै मतान्तरले निर्वाचित भएकाले आफूलाई जनअपेक्षा बढेको मेयर पजियारले बुझेका छन् । 

‘मैले निजी विद्यालयमा विगत चार दशक यता काम गरिरहेकाले त्यहीँ अनुभवले शिक्षा क्षेत्रलाई सुधार गर्छु । सरकारी विद्यालयहरूलाई निजीस्तरका विद्यालय भन्दा राम्रो बनाउनु पर्ने दायित्व छ । यसका साथै स्वास्थ्य क्षेत्रमा पनि मैले देखिने गरी केही काम गर्नु छु उनले भने । हरिपुर बजारलाई व्यवस्थित गर्नुका साथै त्यहाँ देखिने विकास गर्ने उनको चुनौती छ । ‘मैले शिक्षा, स्वास्थ्य, बजार व्यवस्थापन, फोहर व्यवस्थापन लगायतका विभिन्न क्षेत्रहरूलाई समेटेर काम गर्दै जान्छु’ मेयर पजियारले भने । 

‘हामी राजनीतिमा आउनु नै स्थानीय विकासका लागि हो । र, विकासको सुरुवात शिक्षाबाट हुन्छ । त्यसपछि स्वास्थ्य लगायतका क्षेत्रमा स्थानीय स्रोतका साथै प्रदेश, संघीय सरकारसँग समन्वय गरेर काम गर्ने तयारी गरेको छु । यसका साथै एनजीओ, आइएनजीओसँग पनि कुराकानी भइरहेको छ’ मेयर पजियारले भने । त्यसैगरी उपमेयरमा नेपाली कांग्रेसकै निलम राय यादव ५ हजार ५ सय ५२ मत प्राप्त गरी निवार्चित भएकी छिन् ।

 उनका निकटतम् प्रतिस्पर्धी एकीकृत समाजवादीका उम्मेदवार शिला कार्कीले ४ हजार ७६ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ३९ बजे

केएल राहुलको विष्फोटक ब्याटिङ, २२६ रनको लक्ष्य पछ्याउँदै दिल्ली विजयी

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति सम्पन्न

आजको मौसम पूर्वानुमान : केही स्थानमा मेघगर्जनसहित वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको सकियो

नवलपरासी – नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८३ साल वैशाख १९ गते शनिबार। जेठ