जीवनलाई उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध : गृहमन्त्री खाँण « Khabarhub

जीवनलाई उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध : गृहमन्त्री खाँण


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा) सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले ‘मानवताको लागि योग’ भन्ने नारालाई आत्मसात् गरी कुनै पनि द्वेष भाव र मन मुटाव नराखी एक आपसमा सद्भाव, सौहार्द्यता, मेलमिलाप र हार्दिकताको सम्बन्ध कायम गरी पवित्र मनोभावका साथ समाज र राष्ट्रको हित र विकासमा आफूलाई समर्पित गर्नुपर्ने बताए ।

योग र प्राणायामको नियमित अभ्यासले मानव शरीर र मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने समेत उनले जनाए ।

गृहमन्त्री खाँणले जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको उल्लेख गरे । ‘योग एवम् आसन, प्रणाम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो,’ गृहमन्त्री खाँणले भने ।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए ।

‘सकारात्मक सोचले रिस द्वेष, बद्लाको भावनालाई समेत कम गर्छ । जसले समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ,’ उनले भने ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ०४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना