एसिसी महिला ट्वान्टी २० : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा « Khabarhub

एसिसी महिला ट्वान्टी २० : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा बार्बाेजाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए । वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाएका थिए । नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन् ।

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ०१ बजे

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।