श्वेतगंगाको आईपीओ भर्ने अन्तिम दिन आज « Khabarhub

श्वेतगंगाको आईपीओ भर्ने अन्तिम दिन आज


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा आवेदन दिन आज अन्तिम दिन रहेको छ ।

कम्पनीले २३ जेठदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगा जिल्लाका स्थानीय बासिन्दाका लागि १५ लाख ९३ हजार कित्ता आईपीओ जारी गरेको हो।

आईपीओमा नेपाल एसबिआई बैंकको यसम शाखा, सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा र कम्पनीको आयोजनास्थलबाट आवेदन दिन सकिनेछ । साथै स्थानीय तहको बासिन्दा प्रमाणित हुने परिचयपत्रसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

कम्पनीका अनुसार पहिलो चरणमा कम्पनीले जारी पुँजी एक अर्ब ५९ करोड ३० लाख रुपैयाँको १० प्रतिशतले हुन आउने सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले कुल जारी गर्ने १५ लाख ९३ हजार कित्तामध्ये कुल सेयरको ७० प्रतिशत अर्थात् ११ लाख १५ हजार १०० कित्ता आयोजनाको संरचना रहेको रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर २, ३ र ४ तथा ओखलढुंगा जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि निष्कासन गरिएको छ ।

यस्तै, २५ प्रतिशत अर्थात् तीन लाख ९८ हजार २५० कित्ता आयोजनाको प्रसारण लाइन पर्ने रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र मन्थली नगरपालिकाको वडा नम्बर ११, १२ र १३ तथा रामेछाप नगरपालिकाको वडा नम्बर १ र ३ का बासिन्दाका लागि निष्कासन गरिएको छ । बाँकी ५ प्रतिशत अर्थात् ७९ हजार ६५० कित्ता रामेछाप जिल्लाको लिखु तामाकोसी गाउँपालिकाको वडा नम्बर १ र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको वडा नम्बर १, २ र ३ का स्थानीयका लागि बाँडफाँड गरिने जनाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ०५ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,