सांसद पण्डितको प्रश्न : प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव अघि नबढ्नुको कारण के हो ? « Khabarhub

सांसद पण्डितको प्रश्न : प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्ताव अघि नबढ्नुको कारण के हो ?


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद लालबाबु पण्डितले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि महाभियोग लगाउने सांसद हराए कि संसद्मै छन् भनेर प्रश्न गरेका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले महाअभियोग प्रस्ताव अगाडि नबढ्नुको कारण सभामुख अग्निप्रसाद सापकोटाले दिनुपर्ने बताएका हुन् । ‘महाभियोग दर्ता भएको छ । छानबिन समिति गठन भएको छ तर समितिले कहिले काम पाउने हो ? महाभियोग प्रमुख प्रतिपक्षसँग छलफल नगरी ल्याएको र पास हुन सक्दैन भनेर महाभियोग प्रस्तावका प्रस्तावकहरू नै हराइसक्नु भएको हो कि ?

महाअभियोग ल्याएर अगाडि नबढाउनु संवैधानिक व्यवस्थाको दुरुपयोग भएको पण्डितको भनाइ छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि गत फागुन १ गते कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि महाभियोग सिफारिस समिति पनि गठन भएको थियो तर अगाडि बढ्न सकेको छैन । जबरा निलम्बनमा छन् भने महाभियोग सिफारिस समिति कामविहीन छ ।

त्यसरी समितिलाई कामविहीन बनाउँदा संविधानमा रहेको महाभियोगको व्यवस्थाको दुरुपयोग हुने पण्डितको भनाइ थियो । उनले सर्वोच्च अदालतलगायत संवैधानिक संस्थाहरूमाथि महाभियोगको नकरात्मक प्रभाव पर्ने बताए । ‘यसमा सम्माननीय सभामुखको जिम्मेवारी र दायित्व हुन्छ कि हुँदैन ? हुन्छ भने सभामुखले कहिलेबाट हामीलाई विषयवस्तु पठाउनुहुन्छ ? कहिले हामीले काम गर्न पाउने ? देश र जनताले उठेका प्रश्नको जवाफ पाउने ?,’ उनले भने, ’त्यसबारेमा समिति सदस्यको रूपमा म सभामुखको विचार जानकारी चाहन्छु ।’

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  ३ : २९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको