जननिर्वाचित जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस्  « Khabarhub

जननिर्वाचित जनप्रतिनिधिलाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस् 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन् ।

काठमाडौँमा बुधबार केन्द्रीय पार्टी स्कुल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइलगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिए ।

केन्द्र सरकारसँग पहुँच बढाउन पनि आग्रह गरेका अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनाबद्ध ढंगले अघि बढ्न निर्देशन दिए ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  १ : ४९ बजे

समानुपातिक सूचीलाई अन्तिम रूप दिन रास्वपा बैठक, बालेन गएनन्

काठमाडौं- समानुपातिक सूचीका उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं– यो साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

नेपालगञ्ज– बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२

दलहरूलाई समानुपातिक बन्द सूची बुझाउने चटारो, यस्तो छ आयोगको माहोल (तस्बिरहरू) 

काठमाडौँ– २१ फागुनमा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने