मनाङको तिलिचो तालमा विद्युत् पुर्‍याइँदै « Khabarhub

मनाङको तिलिचो तालमा विद्युत् पुर्‍याइँदै


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिमाली जिल्ला मनाङको ३३ केभी स्यार्कु सवस्टेशनले तिलिचो तालमा विद्युत् पुर्‍याउने भएको छ । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल वेस क्याम्प र थोराङ्ला हाई क्याम्पसम्म चालु आर्थिक वर्ष २०७९/८० मा केन्द्रीय लाइनको विद्युत् पुर्‍याइने भएको हो ।

गत वर्ष बाढीपहिराले क्षति पुर्‍याएको राष्ट्रिय प्रसारण लाइनको मर्मत सकिएर चार्ज भएको नेपाल विद्युत् प्राधिकरण मनाङ वितरण केन्द्रका प्रमुख मिलन सुवेदीले जानकारी दिए । विद्युत् प्राधिकरणले तिलिचो तालसम्म विद्युत् पु¥याउने योजना पूरा गर्ने उनले बताए । उनका अनुसार हालै मात्र पोल, तारलगायत सबस्टेशनमा चार्ज भएपछि विद्युत् सेवा प्रवाह भएको छ ।

“क्षति पुगेको एक वर्षपछि मर्मत भएपछि नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमार्फत सेवा प्रवाह गरिएको छ । अब मनाङवासीलाई विद्युत्को पहुँचमा पुर्‍याउन सफल हुनेछौँ,” सुवेदीले भने । गत वर्षको बाढीपहिराले बिजुलीको पोल, तार पुरिनाका साथै बाढीले क्षति पु¥याएपछि जिल्लामा विद्युत् आपूर्ति अवरुद्ध भएको थियो ।

“नेपाल विद्युत् प्राधिकरणको ३३ केभी सबस्टेशनमा चार्ज भएको छ । अबदेखि निरन्तर विद्युत् सेवा प्रवाह हुन्छ,” उनले भने । लघु जलविद्युत्को भरमा रहेको हिमाली जिल्ला मनाङमा राष्ट्रिय प्रसारण लाइनबाट पहिलो पटक चामे सदरमुकामसम्म विद्युत् सेवा प्रवाह भएको थियो । जिल्लामा पहिलो पटक विसं २०७७ मा केन्द्रीय प्रसारण लाइन जोडिएको थियो ।

राष्ट्रिय प्रसारण लाइनसहित अन्य लघु जलविद्युत्मा समेत बाढीपहिराले क्षति पु¥याउँदा मनाङ एक वर्षदेखि टुकीको भरमा छ । बाढीपहिराले प्रसारण लाइनमा रु साढे तीन करोडको क्षति पुर्‍याएको थियो । विसं २०७७ को फागुनमा पहिलो पटक नेपाल विद्युत् प्राधिकरणको ३३ केभीको राष्ट्रिय प्रसारण लाइन मनाङ विद्युत् सेवा प्रवाह भएको थियो । तर केन्द्रको लाइन प्रसारण भएको पाँच महिनामा नै बाढीपहिराले क्षति पुर्‍यायो ।

हिमाली जिल्ला मनाङ विकट भएकाले पनि मर्मत कार्यमा अलि बढी ढिलाइ भएको प्रमुख सुवेदीले जानकारी दिए । राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्रवाह भएसँगै अब जिल्लामा सरकारी कार्यालयका साथै यस प्रसारण लाइनको विद्युत् सेवा जडान भएका क्षेत्रमा सहज रुपमा विद्युत् प्रवाह भएको छ । जिल्ला अस्पताल मनाङमा विद्युत् अभावका कारण विभिन्न उपकरण सञ्चालन हुन सकेका थिएनन् । विद्युत् प्रवाह हुन थालेपछि अस्पतालको सेवामा सहज हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ४ : २२ बजे

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत– भुरुङ्दीखोलामा  निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ

आरपी पन्तको ‘समय’ सार्वजनिक

काठमाडौं – आरपी पन्तको म्युजिक भिडियो ‘समय’ सार्वजनिक भएको छ।

कांग्रेस महाधिवेशन विवाद : सभापति देउवाले शीर्ष नेतालाई छलफलमा बोलाए

काठमाडौं – नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन स्थगित गरेर महामन्त्रीद्वयले विशेष

निर्माणाधीन एसियाली राजमार्गमा दुर्घटना बढे

झापा– निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने

कास्की– पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति