चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ « Khabarhub

चीनमा लामखुट्टेले टोकेको रगतको डीएएनएबाट चोर पक्राउ


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चीनमा प्रहरीले रोमाञ्चक ढंगले एक चोरलाई पक्राउ गरेको छ । प्रहरीले चोरी भएको घरमा मरेको लामखुट्टे र भित्तामा टाँसिएको रगतको दागको डीएनए परीक्षण गरेर चोर पक्राउ गरेको ग्लोबल टाइम्सले जनाएको छ । चोरले घरबाट निस्कने क्रममा लामखुट्टेलाई मारेको थियो ।

रिपोर्टअनुसार उक्त घटना फुजियान प्रान्तको फुझोउमा ११ जुनमा भएको थियो । घरमा पुग्दा ढोका भित्रबाट बन्द भएको र बालकोनीबाट चोर अपार्टमेन्टमा पसेको प्रहरीले जनाएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार चोरले धेरै बहुमूल्य बस्तु चोरेको थियो । किचनमा केही चाउचाउ र अन्डा फेला पारेपछि चोर उक्त घरमा रात बिताएको थियो ।

प्रहरीले पर्खालबाट सावधानीपूर्वक रगतको नमूना निकालेर डीएनए विश्लेषणको लागि पठाएको थियो । डीएनए नमूनाहरू आपराधिक रेकर्ड भएका छाइ उपनामका संदिग्ध व्यक्तिको भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीको नयाँ जुक्तिले चिनियाँ सामाजिक सञ्जालका प्रयोगकर्ता दंग परेका छन् । उनीहरूले विच्याटमा अनगिन्ति टिप्पणी गरेका छन् । ‘उसले घटनास्थलमा रात बिताउने हिम्मत कसरी गर्यो ? यो व्यक्तिलाई साँच्चै गम्भीर मनोवैज्ञानिक समस्याहरू छन्’, एक प्रयोगकर्ताले टिप्पणी गरे ।

‘यो लामखुट्टेको बदला हो । लामखुट्टे बेकार हो भन्ने मेरो सोचाइ गलत रहेछ’ अर्काले टिप्पणी गरेका छन् । ग्लोबल टाइम्सका अनुसार अपराध गरेको १९ दिनपछि उक्त चोर पक्राउ परेको थियो । उनले यसअघि पनि चोरीका विभिन्न घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ५ : ४५ बजे

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम

पनौतीको त्रिवेणीमा स्नान गर्दै स्वस्थानीका व्रतालु (तस्बिरहरू) 

काठमाडौं– पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका व्रतालुहरूले आज काभ्रेको