माईकल अधिकारी ट्रेलर : सरोगेट आमाको कथा (भिडियो)  | Khabarhub Khabarhub

माईकल अधिकारी ट्रेलर : सरोगेट आमाको कथा (भिडियो) 


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म  ‘माईकल अधिकारी’ को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा फिल्मका मुख्य पात्रहरूको लुक्ससँगै उनीहरूको जीवनशैलीलाई देखाइएको छ । सौगात मल्ल र सृष्टि श्रेष्ठ पैसाको बिछ्याउनामा प्रेमील भावमा देखिन्छन् । उनीहरु पैसाकै लागि अरुको बच्चालाई आफ्नो रेखदेखमा जन्म दिन तयार छन्। सृष्टि आमा बनेपछि बच्चा फिर्ता गर्न नमान्दा आउने द्वन्द्वनै फिल्मको कथा हो। 

यसको प्रदर्शन मिति भाद्र ३ गतेलाई फाइनल गरिएको छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निरक पौडेलले निर्माण गरेको फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । यसमा सौगात र सृष्टिको जोडीको आर्थिक अवस्था निक्कै कमजोर छ । उनीहरु पैसाको लागि अरुलाई बच्चा जन्माइ दिने काम गर्न बाध्य छन । फिल्ममा आत्मियता, भावनात्मक सम्बन्धनसँगै हास्यरस मिसिएको निर्माण टिमले जनाएको छ ।

उद्धव पौडेलको प्रस्तुतीमा निर्माण भएको यसमा सौगात र सृष्टिका अलावा अशान्त शर्मा, ऐनी कुँवर, हेमन्त बुढाथोकी, विद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा लगायतका कलाकारको अभिनय हेर्न सकिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ६ : ५८ बजे

इजरायल र इरानबाट नेपालीहरुको उद्धारको तयारीमा छौँ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र इरानमा रहेका

३४ लाख लागतमा खानेपानी आयोजना निर्माण

बेलबारी– मोरङ लेटाङ नगरपालिका–७  समलावासीको लामो समयदेखि खोला, खोल्सा धाएर

बेलायती सैन्य बेसमा पसे प्रो-प्यालेस्टिनी कार्यकर्ता, दुई लडाकु विमानमा क्षति

लण्डन- बेलायतमा प्यालेस्टिनी समर्थक कार्यकर्ताहरूले एक सैन्य एयरबेसमा तोडफोड गर्दै

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

काबुल– पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई

बजेट विनियोजनमा विभेद भएको सांसदको गुनासो

काठमाडौं- सांसदहरूले ठूला दलका शीर्ष नेता र मन्त्रीका जिल्लामा मात्रै आवश्यकभन्दा