अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा « Khabarhub

अफगानिस्तानमा झण्डै ५ लाख विस्थापित घरबारविहीन हुने जोखिममा


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नर्वेको शरणार्थीसम्बन्धी संस्थाले अफगानिस्तानमा आन्तरिक रुपमा विस्थापित भएकामध्ये झण्डै ५ लाख मानिसहरु घरबारविहीन हुने जोखिममा रहेको जनाएको छ ।

नर्वेजियन शरणार्थी परिषद् एनआरसीका अनुसार अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारका नीतिका कारण लाखौँ विस्थापितहरु घरबारविहीन हुने अवस्थामा पुगेका हुन् ।

तालिबानले विस्थापितहरुलाई आफ्नै ठाउँमा फर्किन दबाब दिइरहेको उक्त संस्थाको भनाइ छ । दशकौँको युद्ध, खडेरी, राजनीतिक अस्थीरता र आर्थिक संकटका कारण दशौँ लाख अफगान नागरिक स्वदेशमा नै आन्तरिक विस्थापितका रुपमा बस्न बाध्य रहेको द फ्रन्टियर पोस्टले जनाएको छ ।

एनआरसीका अफगानिस्तान निर्देशक निल टर्नरका अनुसार आर्थिक पतन, अत्यावश्यक सामग्रीको चरम अभाव र खाद्य असुरक्षाजस्ता समस्याका सामना गरिरहेको अफगानिस्तानमा दुबै पक्षको सहमतिबिना जबरजस्ती विस्थापितलाई आफ्नै ठाउँ फर्काउनु सम्भव पनि देखिएको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ७ : ४९ बजे

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले