लमजुङमा १४ कार्यालयबाट ४३ करोड फिर्ता « Khabarhub

लमजुङमा १४ कार्यालयबाट ४३ करोड फिर्ता


४ श्रावण २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङमा रहेका कार्यालयहरुबाट आर्थिक वर्ष ०७८/०७९ मा मात्रै ४३ करोड भन्दा बढी रकम फिर्ता भएको छ ।

जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा विनियोजित चालु र पुँजीगत बजेटमध्ये एक अर्ब २४ करोड ९२ लाख ११ हजार रुपैयाँ मात्रै खर्च भएको हो ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लाका सबै कार्यालयका लागि चालुतर्फ ५५ करोड ४४ लाख ६ हजार रुपैयाँ विनियोजन भएको थियो भने पुँजीगततर्फ एक अर्ब १३ करोड नौलाख ६५ हजार रुपैयाँ विनियोजन भएको थियो । जिल्लाका कार्यालयमध्ये सबैभन्दा धेरै पूर्वाधार विकास कार्यालयबाट रकम फिर्ता भएको छ । पूर्वाधार विकास कार्यालयबाट मात्रै २४ करोड ७८ लाख ९२ हजार ६ सय ५९ रुपैयाँ फिर्ता भएको हो ।

सोबाहेक प्रदेश लेखाइकाई कार्यालयबाट तीन करोड ३७ लाख ५५ हजार नौसय ७८ रुपैयाँ फिर्ता भएको छ भने राईनास पोलिटेक्निक इन्ष्टिच्युटबाट पनि तीन करोड पाँच लाख ८४ हजार पाँच सय ३४ रुपैयाँ फिर्ता भएको छ । जिल्लामा सबैभन्दा कम मालपोत कार्यालयबाट १४ हजार पाँचसय नौ रुपैयाँमात्रै फिर्ता भएको कोलेनिकाले जनाएको छ ।

सोबाहेक जिल्लामा प्रदेश सरकारअन्तर्गत रकेका कार्यालयमध्ये घरेलु तथा साना उद्योग कार्यालयबाट २३ लाख १८ हजार आठ सय ७२ रुपैयाँ, कृषि ज्ञान केन्द्रबाट एक करोड ६७ लाख ९७ हजार पाँच सय नौ रुपैयाँ, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट एक करोड ६ लाख, एक हजार सात सय ५७ रुपैयाँ, डिभिजन वन कार्यालयबाट एक करोड ८५ लाख २५ हजार एकसय ८० रुपैयाँ फिर्ता भएको छ ।

त्यस्तै जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालयबाट दुई करोड ७५ लाख तीन हजार दुई सय २७ रुपैयाँ फिर्ता भएको छ भने ग्रामीण तालिम केन्द्रबाट ७६ लाख ३३ हजार नौ सय ६२ रुपैयाँ, जिल्ला समन्वय समितिबाट दुई लाख ६२ हजार नौ सय ३७ रुपैयाँ, सामाजिक विकास कार्यालयबाट एक करोड नौ लाख ३५ हजार ६ सय दुई रुपैयाँ फिर्ता भएको छ ।

कोलेनिका लमजुङका अनुसार स्वास्थ्य कार्यालय लमजुङबाट दुई करोड ७३ लाख ७९ हजार ९२ रुपैयाँ फिर्ता भएको छ भने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट १९ लाख ५४ हजार एकसय ८६ रुपैयाँ फिर्ता भएको छ । प्रदेश सरकारले विभिन्न योजना तथा गतिविधि सञ्चालनका लागि बजेट विनियोजन गरेपनि तोकिएका योजनाहरु कार्य सम्पादन नहुँदा खर्च हुन नसकी फिर्ता भएको हो ।

प्रदेश सरकारकारबाट जिल्लाका १४ वटा कार्यालयका लागि आएको एक अर्ब ६८ करोड ५३ लाख ७१ हजार रुपैयाँँमध्ये ४३ करोड ६१ लाख ६० हजार रुपैयाँ तोकिएको काम हुन नसकी फिर्ता भएको हो ।

 

प्रकाशित मिति : ४ श्रावण २०७९, बुधबार  ८ : ३० बजे

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी

सरकारी वेबसाइटमा सुरक्षित एसएसएल/टीएलएस प्रमाणपत्र अनिवार्य

काठमाडौँ- सरकारले सबै सरकारी निकायका आधिकारिक वेबसाइटमा वैध एसएसएल/टीएलएस प्रमाणपत्र जडान

जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानबारे छलफल

काठमाडौं– नेपालमा जडीबुटी तथा वनस्पतिसम्बन्धी अनुसन्धानका विषयमा विज्ञान, प्रविधि तथा