बैतडीमा पाटन प्रिमियर लिग सुरु « Khabarhub

बैतडीमा पाटन प्रिमियर लिग सुरु


४ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पाटनमा दोश्रो संस्करणको पाटन प्रीमीयर लिग (पीपीएल) पुरुष टी-२० खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । उक्त प्रतियोगिता उद्घाटन गर्दै पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले नगरपालिकाले खेलकुदको विकास र खेलाडी उत्पादनका लागि सहयोग गर्ने बताए ।  

वडानं ६ स्थित कृष्ण माविको खेलमैदानमा  भएको उद्घाटन खेलमा धारिलो क्रिकेट क्लबले  भूमेश्वर युवा क्लबलाई पराजित गरेको छ । यस्तै अर्को खेलमा महामाया क्रिकेट क्लबलाई पछि पार्दै ग्वाल्लेक क्रिकेट क्लब विजयी भएको छ ।  चौबीस टोली सहभागी रहेको सो प्रतियोगिता असोज १५ गते सम्पन्न हुने आयोजक पाटन क्रिकेट क्लबका सचिव खेमराज अवस्थीले बताए । 

प्रतियोगिताको विजेता टोलीले १ लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र पाउनेछ भने उपविजेता टोलीले ५५ हजार ५ सय ५५ हात पार्नेछ।    प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  एक खेलाडीलाई ‘म्यान अफ द सिरिज पुरुस्कार’ स्वरुप ११ हजार १११ सहित प्रमाणपत्र प्रदान गरिनेछ । वेस्ट ब्याट्सम्यान र वेस्ट बलरले जनही पाँच हजार ५५५ प्राप्त गर्ने जनाइएको छ । उदयमान खेलाडीलाई एक हजार एकसय ११ र  प्रत्येक खेलमा म्यान अफ द म्याच खेलाडीलाई ट्रफी प्रदान गरिने छ ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  १२ : ३० बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष