नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा « Khabarhub

नापी अधिकृतसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्धा


५ पुस २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

बुटवल – नापी कार्यालय भैरहवा, रुपन्देहीका तत्कालीन नापी अधिकृत ध्रुवराज मरासिनी र विन्देश्वर यादव, सर्वेक्षक तथा प्रथम तहका जग्गाधनीसहित १४ जनाविरुद्ध भ्रष्टाचार कसुरमा विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियमविपरीत बदनियत राखी व्यक्तिगत लाभ लिने उद्देश्यका साथ जग्गाधनीसँग मिलेमतो गरी सरकारी सार्वजनिक कुलोको फायल नक्सा बनाउँदा व्यक्ति विशेषको जग्गामा घुसाएको देखिएकाले सजाएको माग दाबी गर्दै आज आरोपपत्र दायर गरेको हो ।

रुपन्देहीको साविक दूधराक्ष गाविस ७ (क) र वडा २ (क) को जग्गा नापी कार्यालयका कर्मचारी तथा जग्गाधनीसमेत सार्वजनिक कुलो व्यक्ति विशेषको नाममा कायम गरेको भन्ने उजुरीमाथि अनुसन्धान गर्दा उनीहरूको मिलेमतो रहेको पाइएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

आयोगले भित्री ग्राभेल सडक भएको जग्गाको न्यूनतम मूल्याङ्कनअनुसार घुसाएको जग्गाको रु १० लाख ६५ हजार दुई सय पाँच बराबरको सरकारी सार्वजनिक जग्गासहित फाइल नक्सा तयार गर्ने नापी कार्यालयका कर्मचारी र जग्गा खरिद खरिद बिक्री गर्ने व्यक्तिलाई सजायको माग दाबी गरेको छ ।

प्रकाशित मिति : ५ पुस २०७९, मंगलबार  ९ : ४५ बजे

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सुरु भएको छ

दसैँको बक्सअफिसमा चार स्टारको भिडन्त, कसले मार्ला बाजी ?

काठमाडौँ– नेपाली चलचित्रका लागि दसैँ केवल चाडपर्वको समय होइन, बक्सअफिसमा

अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै

लमजुङ– बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण चक्रीय पदमार्गमा

चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज

विश्वासको शिर कहिल्यै झुक्ने छैन : कांग्रेस उपसभापति भण्डारी

काठमाडौंँ– नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास