उपत्यकामा सीडीओले अनुमति दिएमात्र विवाह, ब्रतबन्ध र न्वारान गर्न पाइने « Khabarhub

उपत्यकामा सीडीओले अनुमति दिएमात्र विवाह, ब्रतबन्ध र न्वारान गर्न पाइने


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा थप कडाई गरिएको छ । उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)को स्वीकृति अनिवार्य गरिएको छ ।

बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन्।

ललितपुरका सीडीओ घनश्याम उपाध्यायका अनुसार पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी उपस्थित हुनुपर्नेछ । यसरी उपस्थित हुने सबै खोप लगाएका हुनुपर्नेछ ।

‘विवाह, ब्रतबन्ध, न्वारान तथा पास्नी जस्ता कार्यक्रम आयोजना गर्नुअघि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्छ’, उपत्यकाका सीडीओले जारी गरेको आदेशमा भनिएको छ ।

शुक्रबार मध्यरातदेखि उपत्यकाका निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणालीसमेत लागू भएको छ । यो निर्णयसँगै अब जोर गते जोर र बिजोर गते बिजोर सवारी साधन मात्र गुड्न पाउने छन् ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ५ : ५९ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको