विश्वभर कोरोना संक्रमितको संख्या ३४ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ३४ करोड नाघ्यो

२४ घण्टामा थपिए ३२ लाख ७२ हजार संक्रमित


७ माघ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा यो खबर तयार पार्दासम्म ३२ लाख ७२ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २५ लाख नाघेको हो ।

विश्वकै कोरोना तथ्यांक अपडेट गराउँदै आएको वल्डोमिटरका अनुसार २४ घण्टामा १६ लाख निको भएका छन् । सोही अवधिमा आठ हजार सङ्क्रमितको मृत्यु भएको छ ।

अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ । अममेरिकामा मात्र २४ घण्टामा चार लाख ९३ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५ हजार निको भएका छन् । सोही अवधिमा दुई हजार बढीको मृत्यु भएको छ ।

नेपालमासमेत पछिल्लो समय दैनिक संक्रमणले नयाँ रेकर्ड बनाउँदै आएको छ । बिहीबार मात्र २४ घण्टामा १२ हजार बढीमा संक्रमण पुष्टि भएको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ५७ हजार नाघेको छ ।

प्रकाशित मिति : ७ माघ २०७८, शुक्रबार  ६ : ०८ बजे

काग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन