बेहुलीले पाहुनालाई लगाइन् यति धेरै नियम « Khabarhub

बेहुलीले पाहुनालाई लगाइन् यति धेरै नियम


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला बिहेको सिजन चलिरहेको छ । हरेककालागि विवाह जीवनको महत्वपूर्ण भाग हुन्छ । त्यसैले हरेकले विवाहका लागि विशेष तयारी गर्छन् ।
यस्तैमा एक बेहुलीको बिहे अहिले चर्चा छ । उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि अचम्मको नियम बनाउँदै त्यसको पालना नगर्नेलाई नराम्रो व्यवहार गरिने बताएपछि चर्चा चुलिएको हो ।

जस्मिन क्रुज नामकी एक महिलाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा सूची शेयर गरिन् । जसमा उनले आफ्नो विवाहमा आउने पाहुनाका लागि नियम बनाएकी छन् र ती नियम पालना गर्न पाहुनालाई भनेकी छन् ।

ती बेहुलीले बनाएको पहिलो नियममा बच्चाहरू विवाहमा निषेध गरिएको छ अर्थात् पाहुनाले बच्चा ल्याउन पाउने छैनन् । यसमा केही छुट भने दिइएको छ । बेहुलीले छोराछोरी घरमा छाड्न नसक्ने र विवाहमा ल्याउन बाध्य भए ल्याएर पनि आफूसँगै राख्नुपर्ने र विवाहको क्रममा उनीहरूलाई एक पल पनि छाड्नु नहुने नियम लगाएकी छन् ।

ती बेहुलीले बनाएको विवाहको नियममा सबैभन्दा अचम्मको नियम हो, विवाहमा आउने कुनै पनि पाहुनाले सेतो लुगा लगाउन पाउने छैनन् । आफ्नो पहिरन सेतो रङ्गको हुने भएकोले बेहुलीले पाहुनाले सेतो लुगा लगाएर आउन नपाउने नियम बनाएकी हुन् । नियम उल्लंघन गर्नेलाई रेड वाइनको पूर्ण बोतल खन्याइने उनले दण्ड पनि तोकेकी छन् ।

यसबाहेक बेहुलीले मदिरा पिउनेहरूलाई आफ्नो बिहेमा नआउन आग्रह गरेकी छन् । बेहुलीले बिहेमा निम्तो नपरेकाहरू समेत गल्तीले पनि आउन नहुने नियम लगाएकी छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ६ : १९ बजे

एनपीएलमा विराटनगरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

ललितपुरमा १९औँ गोदावरी फूलको महामेला (तस्बिरहरु)

ललितपुर– तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी

‘छ माया छपक्कै २’ को कमाइ तीन करोडमै सीमित, दीपकराज भन्छन्- ‘लगानी सुरक्षित गर्ने प्रयासमा छौँ’

काठमाडौं– दर्शकबाट सकारात्मक प्रतिक्रिया पाए पनि फिल्मले बक्स अफिसमा अपेक्षित

विराटनगरले गुमायो पहिलो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत बिहीबारको दोस्रो खेलमा विराटनगर

औद्योगिक प्रदूषण कम गर्दै स्वच्छ ऊर्जा प्रयोगलाई बढाउने योजना अघि बढ्यो

काठमाडौँ– विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल डेभलपमेन्ट एसोसिएसनले नेपाल सरकारलाई औद्योगिक