चीनमा जनसंख्या बढाउन बेइजिङमा नयाँ नीति « Khabarhub

चीनमा जनसंख्या बढाउन बेइजिङमा नयाँ नीति


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– राजधानी बेइजिङमा सरकारको सहयोगमा सञ्चालित मेडिकल विमा योजनामा एक दर्जन भन्दा बढी प्रजनन सेवाहरु समेटिने भएका छन् । चीनको जन्मदर घटिरहेका बेला बच्चा जन्माउन चाहने दम्पत्तिलाई सहयोग गर्ने पहलस्वरुप थप प्रजनन् सेवाहरु समेटिन लागिएको हो ।

सहायता प्रजनन प्रविधि (एआरटी) प्रयोग गरेर कुल १६ मेडिकल सेवालाई २६ मार्चदेखि सहरको रज्य विमाले समेट्ने जनाइएको छ । सुरक्षात्मक प्रजनन उपाय चाल्ने एउटा कदमस्वरुप धेरै मेडिकल सेवालाई विमामा समेट्न लागिएको बेइजिङ डेलीले जनाएको छ ।

नयाँ प्रजनन योजनाले सेवाग्राहीको खर्च घटाउने र बच्चा जन्माउन खोज्ने कम आय भएका दम्पत्तिलाई फाइदा पुग्ने विश्वस गरिएको छ । त्यस्तै, नयाँ योजनाले निजी मेडिकल विमामा थोरै पहुँच वा पहुँच नै नभएकालाई सहयोग गर्नेछ ।

सरकारी तथ्यांकअनुसार चीनको जन्मदर सन् २०२१ मा दशकौपछि पहिलो पटक ह्वात्तै गिरावट आएको छ । गत वर्ष राष्ट्रिय सरकारले दम्पतीहरूलाई तीनवटा बच्चाहरू जन्माउन अनुमति दिएको थियो ।

‘चीनले जन्म दर बढाउन उचित कार्य गर्नेछ,’ प्रधानमन्त्री ली खसियाङले गत वर्ष मार्चमा वार्षिक संसदीय वैठकमा भनेका थिए ।

एक सन्तान नीतिका कारण चीनको वृद्ध जनसंख्या बढ्दो छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ५ : ०० बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

आज २०८३ साल साउन १४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १४ गते बिहीबार सन् २०२६

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था