एमाले हुम्लाको स्थगित अधिवेशन सुरू « Khabarhub

एमाले हुम्लाको स्थगित अधिवेशन सुरू


९ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत–नेकपा एमाले हुम्लाको स्थगित नवौँ अधिवेशन आजबाट सुरू भएको छ । हिमपातका कारण स्थगित भएको जिल्ला अधिवेशन सोमबारबाट सुरू भएको हो ।

यसअघि पहिलो पटक चिसोका कारण र दोश्रो पटक कोरोना महामारीका अधिवेशन स्थगित भएको थियो । एमाले हुम्लाका कार्यवाहक अध्यक्ष ज्ञानी बुमीले भने, ‘पार्टीको केन्द्रीय निर्देशनअनुसार स्थानीय तहको निर्वाचनअघि जिल्ला अधिवेशन गर्न लागिएको हो । अब स्थानीय तहको चुनावमा केन्द्रीत हुने गरी अधिवेशन गर्न लागेका हौं ।’

अधिवेशनका लागि सात गाउँपालिकाबाट एक सय २४ र जिल्ला कमिटीका एक सय ३५ जना गरी दुई सय ५९ जना अधिवेशन प्रतिनिधि छनोट भइसकेको बुमीले जानकारी दिए ।

अधिवेशनले नयाँ नेतृत्व छनोट गर्ने र सहमतिका आधारमा नयाँ नेतृत्व चयन गरिने कार्यवाहक अध्यक्ष बुमीले बताए । ‘आंकाक्षी साथीहरू हुनुहुन्छ । तर, हामी सहमतिकै आधारमा नेतृत्व चयन गर्छौँ ।’ उनले भने, ‘सहमति हुन नसके प्रक्रियामा अगाडि जान्छ ।’

कर्णालीका १० जिल्लामध्ये आठ जिल्लामा अधिवेशन भइसकेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७८, सोमबार  ८ : ३० बजे

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

काठमाडौं – नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न भएको

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही