महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा « Khabarhub

महिला प्रहरीको हत्याका दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री देउवा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ नगरपालिकामा भएको घटनाका दोषीमाथि कारबाही हुने बताएका छन्।

मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा बोल्दै प्रधानमन्त्री देउवाले शान्ति, सुरक्षा सरकारको दायित्व हुने भन्दै महिला सुरक्षाकर्मीको मृत्यु हुने गरी भएको घटनामा दोषीमाथि कडा कारबाही गरिने बताएका हुन्।

लेटाङमा रहेको एउटा विद्यालयमा शिक्षकले विद्यार्थीलाई यौन दूराचार गरेको आरोपपछि झडपमा हिजो एक महिला प्रहरीको मृत्यु भएको थियो ।

प्रधानमन्त्री देउवाले स्थानीय निर्वाचन गराउने दायित्व निर्वाचन आयोगको रहेको भन्दै सरकारले आवश्यक सहयोग गर्ने बताए । वैशाख ३० मा स्थानीय निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेकोले कुनै शंका नगर्न आग्रह देउवाको आग्रह छ ।

प्रधानमन्त्री देउवाले आजै सुन्दरहरैंचा नगरपालिकाले स्थापना गरेको ३५ शय्याको अस्पतालसमेत उद्घाटन गरे ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  २ : ०९ बजे

कटुवा पेस्तोलसहित एक युवक पक्राउ

तनहुँ– तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट एक थान कटुवा पेस्तोलसहित एक

तनहुँ कारागारका ६८ कैदीबन्दी अझै फर्किएनन्

तनहुँ– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा तनहुँ कारागारबाट

नेकपाले आज काठमाडौंमा सन्देश सभा गर्दै

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देश सभा

कांग्रेस सभापति देउवाले उपसभापति र महामन्त्रीद्वयसँग छलफल गर्दै

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष पदाधिकारीहरूसँग छलफल

फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च