मृतक प्रहरी उर्मिलाको परिवारलाई राज्यले सहयोग गर्ने गृहमन्त्रीको बाचा « Khabarhub

मृतक प्रहरी उर्मिलाको परिवारलाई राज्यले सहयोग गर्ने गृहमन्त्रीको बाचा


७ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाँणले कर्तव्य पालनाका सिलसिलामा मृत्युवरण गरेकी प्रहरी जवान उर्मिला श्रेष्ठको परिवारलाई राज्यले सहयोग गर्ने बताएका छन् ।

उर्मिलाका श्रीमान् नविन श्रेष्ठसँगको टेलिफोन संवादमा मन्त्री खाँणले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

कर्तव्य पालनाका क्रममा उनको मृत्यु भएको भन्दै उनले काजकिरियाका कार्य पूरा भइसकेपछि सम्पर्कमा आउन उर्मिलाका श्रीमान् नविनसँग आग्रह गरेका छन् ।
मन्त्री खाँणले मृतक उर्मिलाप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।

प्रहरी जवान उर्मिलाको आइतबार मोरङको लेटाङ नगरपालिका–५ मा प्रदर्शनकारीले गरेको आक्रमणमा परी मृत्यु भएको थियो ।

स्थानीय शिक्षा विकास माद्यमिक विद्यालयकी १४ वर्षीया छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै विद्यार्थी तथा अभिभावकले विद्यालयमा तोडफोड र आगजनी गरेका थिए ।

तनाव साम्य पार्न खटिएकी प्रहरी उर्मिलाको प्रदर्शनकारीको आक्रमणमा परी मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ११ : ३२ बजे

‘संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार’ 

दाङ–  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधान राजनीतिक स्थायित्व, सामाजिक

प्रदेश खारेज गरी हिन्दु अधिराज्य स्थापना गर्नुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद तथा संसदीय दलका

संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले संविधानप्रदत्त अधिकार नागरिकको दैनिक

चितवन निकुञ्जको ‘सेलिब्रेटी’ हात्ती रोनाल्डो मृत भेटियो, करेन्ट लागेको प्रारम्भिक आशंका

चितवन– चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत बरन्डाभार क्षेत्रमा चर्चित जंगली

संविधान दिवसमा रविले भने- ‘अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर हुनुपर्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा