अढाई वर्षे भारतीय बालिकाद्वारा ७२ चित्र बनाएर कीर्तिमान « Khabarhub

अढाई वर्षे भारतीय बालिकाद्वारा ७२ चित्र बनाएर कीर्तिमान


८ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको उडिसा रज्यको राजधानी भुवनेश्वरकी अढाई वर्षे बालिकाले सबैभन्दा धेरै चित्र बनाएर कीर्तिमान राखेकी छिन् ।

अढाई वर्षे अन्भी विशेष अग्रवालले ७२ चित्र बनाएर सबैभन्दा धेरै चित्र बनाउने बालबालिकाको कीर्तिमान बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । उनी वर्ल्ड बुक अफ रेकर्ड्स र इण्डिया बुक रेकर्ड्समा समेत नाम लेखाउन सफल भएकी छिन् ।

भर्खरै हिड्न थालेकी उनले ९ महिनाको उमेरबाट चित्र बनाउन थालेको बताइएको छ । उनले चुम्बक, पेण्डुलम, रंगचक्रजस्ता ३७‍ भन्दा धेरै विधिको प्रयोग गरी ती चित्रहरु बनाएको एएनआईले जनाएको छ ।

यसअघि उनले २१ महिनाको उमेरमा विदेशी (स्पेनी) भाषा सिकेर अर्को पनि कीर्तिमान बनाएको बताइएको छ ।

एएनआईसँग बोल्दै उनकी आमाले भनिन्, ‘कोरोना भाइरसका बेला बच्चालाई एकै समयमा व्यस्त बनाउनु र पढाउन निकै गाह्रो थियो । उनका लागि सामानको बन्दोबस्त गर्न पनि कठिन थियो, तैपनि उनको लगनशीलता र सिक्ने चाहनाका कारण उनले केबल अढाई वर्षको उमेरमा कीर्तिमान बनाउन सफल भएकी छिन् ।’

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार  ७ : २९ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न