यु–१४ लिटल स्टार लिगको उपाधि बुटवलले जित्यो « Khabarhub

यु–१४ लिटल स्टार लिगको उपाधि बुटवलले जित्यो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो । बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए ।

सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८।५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो । सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन्।

कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३।५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा सुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । रुपन्देहीका करिब एक सय खेलाडीहरूलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ५५ बजे

बालेनले गरे पाथिभरा माताको दर्शन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

प्रतिनिधिसभा निर्वाचन : काभ्रेका ८८ मतदानस्थल संवेदनशील

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालयले ८८ मतदानस्थल संवेदनशील रहेका तथा तिनमा

कांग्रेस सभापतिसहित नवनिर्वाचित पदाधिकारीले आज पदबहाली गर्ने

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीले शुक्रबार पदबहाली

बाइस बिघाको गडबिजुला ताल पाँच बिघामा खुम्चियो

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित

कांग्रेसमा विरासतको पूर्णविराम : सन्तानले थेग्न सकेनन् पितृ भार

काठमाडौं – नेपाली कांग्रेसमा कयौं नेताहरु पारिवारिक विरासत (लिगेसी) का