यु–१४ लिटल स्टार लिगको उपाधि बुटवलले जित्यो « Khabarhub

यु–१४ लिटल स्टार लिगको उपाधि बुटवलले जित्यो


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – मदन भण्डारीको स्मृतिमा रुपन्देहीमा भएको यु–१४ क्रिकेट प्रतियोगिताको उपाधि बुटवल टाईगर्सले चुमेको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडमी रुपन्देही जिल्ला कमिटीको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा सैनामैनालाई ५५ रनले पराजित गर्दै बुटवलले उपाधि हात पारेको हो । प्रतियोगितामा म्यान अफ द सिरिज बुटवलका लक्ष्मण कुमाल, उत्कृष्ट ब्याट्सम्यान समीर अलि, उत्कृष्ट बलर युवराज खत्रीबाट पुरस्कृत भए ।

सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ रोज्दै पुरै २५ ओभरमा ७ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य तयार गरेको थियो । बुटवलका लक्ष्मण कुमालले ४०, विशेष भाटले ३७, सुभम खनालले २३ रनको योगदान दिएका थिए ।

सैनामैनाका युवराज खत्रीले ५ ओभर बलिङ गर्दै २० रन खर्चेर २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको सैनामैना १८।५ ओभरमा सबै विकेट गुमाएर १ सय १० मा समेटियो । सैनामैनाका ब्याट्सम्यानहरु युवराज खत्रीले ३३ तथा रहित विश्वकर्माले २२ रनको योगदान दिएपनि टिमलाई जित दिलाउन सकेनन्।

कम स्कोरमा रोक्न बुटवलका लक्ष्मण कुमालले ३।५ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ तथा सुभम खनालले ५ ओभर बलिङ गर्दै १५ रन खर्चेर ३ विकेट लिए । खेलमा बुटवलका लक्ष्मण कुमाल म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

एक समारोहबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ । रुपन्देहीका करिब एक सय खेलाडीहरूलाई ट्यालेन्ट हन्टमार्फत छनौट गरि ६४ जना खेलाडीहरुको ४ टिम विभाजन गरि २५ ओभरको लिग प्रतियोगिता गरिएको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश क्रिकेट विभाग प्रमुख शक्ति गौचनले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ५५ बजे

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन– रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८ शव

रसुवाको भोटेकोसीमा राहतका लागि सरकारी संयन्त्रसँग समन्वय गर्न आग्रह

काठमाडौं– रसुवाको भोटेकोसीमा बाढीपीडितका लागि राहत तथा उद्धार कार्यलाई व्यवस्थित

रसुवा बाढी : अष्ट्रेलियाको ५० लाख डलर सहायता घोषणा, प्राविधिक टोली नेपाल आउने

काठमाडौं- रसुवा बाढीबाट प्रभावितका लागि अष्ट्रेलिया सरकारले ५० लाख डलर बराबरको

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमाडौं– भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौं ल्याएकामध्ये ५९

भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३