मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएन  « Khabarhub

मोरङको रंगेलीमा शुक्रबारदेखि रोकिएको मतगणना अझै सुरु भएन 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मतगणनामा धाँधली गरिएको भन्दै वादविवाद भएपछि मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार दिउँसोदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन ।

मुचुल्कामा उल्लेख भएको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा मतगणना रोकिएको हो । वडा नं ७ को मत गणनाका क्रममा खसेको मतभन्दा १०८ मत बढी पाइएपछि विवाद भएको हो । मुचुल्कामा ३ हजार २ सय ४२ मत खसेको उल्लेख छ । तर ३ हजार ३ सय ५० वटा मतपत्र भेटिएपछि विवाद सुरु भएको हो ।

यस विषयमा सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि निर्वाचन आयोगले खटाएको टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश निर्वाचन कार्यालय प्रमुख लेवन कस्यप अधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत प्रविणा ढकाल र कानेपोखरी गाउँपालिकाका कार्यकारी अधिकृत सन्तोष घिमिरेले अनुसन्धान सुरु गरेका छन् ।

खसेको मतपत्रभन्दा १ सय ८ मत बढी भएको देखिएको तर कम्प्युटर इन्ट्री दोहोरो हुँदा त्यस्तो भएको रंगेलीका निर्वाचन अधिकृत रामहरी शर्मा काफ्लेको भनाई छ । काफ्लेका अनुसार पाँच दलले पुनः मतदान गर्नुपर्ने अडान राखेपछि गणना हुन सकेको छैन ।

यसअघि मतपेटिका राखेकै ठाउँमा वडा ८ को मतपेटिका फुटेको विवादमा सुरुआती दुई दिनपछि दुई दिनसम्म मतगणना रोकिएको थियो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया आएर त्यो विवाद मिलाएपछि मतगणना सुरु भएको थियो ।

रंगेलीमा हालसम्म वडा १ देखि ५ सम्मका गणना सकिएको छ । ती सबै वडामा एमालेको प्यानल नै विजयी भएको छ । अहिले वडा ६ देखि ८ सम्मको आधा मतगणना भइसक्दा मेयरमा एमालेका दिलीप बगोडियाले ७ हजार ३ सय ८५ र कांग्रेसका मोदराज घिमिरेले ५ हजार ७८ मत पाएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ५ : ३४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको