सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ « Khabarhub

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको आरोपमा मनोज पाण्डे पक्राउ


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार पक्राउ गरेको हो ।  बुधबार राति सामाजिक सञ्जाल टिकटक मार्फत एक युवतीले सौन्दर्य प्रतियोगितामा सहभागी हुने क्रममा आफू माथि पटकपटक बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् ।

उनले ०७१ सालमा भएको मिस ग्लोबल प्रतियोगिताका क्रममा कन्सल्टेन्सी सञ्चालकले बलात्कार गरेको खुलाएकी छन् । त्यसपछि पीडितलाई न्यायको माग गर्दै प्रदर्शन हुनुको साथै बिहीबार सांसदहरूले समेत संसद्‌मा कुरा उठाएपछि सरकारलाई छानबिन गर्न सभामुख अग्नि सापकोटाले निर्देशन दिएका थिए ।

घटनाबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । समितिका नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको टोली शुक्रबार नै युवतीलाई भेट्न उनको घरमा पुगेको थियो । त्यसपछि आज पीडक भनिएका पाण्डेलाई पक्राउ गरिएको हो । किशोरीको न्यायका लागि र दोषीमाथि कारबाहीको माग गर्दै राजधानीलगायतका मुख्य शहरहरूमा प्रदर्शन भइरहेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ६ : ४९ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको