मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी « Khabarhub

मारिउपोलमाथि विजय हासिल गरेको रूसको दाबी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनको बन्दरगाह सहर मारिउपोलमाथि रूसले विजय हासिल गरेको दाबी गरेको छ । मारिउपोलको आजोभ्स्टाल स्टिल कारखानामा रहेका बाँकी सैनिकहरूले आत्मसमर्पण गरेसँगै अब उक्त शहर पूर्णरूपमा रूसी सेनाको नियन्त्रणमा गएको हो ।

उक्त विशाल औद्योगिक क्षेत्रमा रहेका युक्रेनी सैनिकहरूले रुसलाई सो सहरमाथि पूर्ण रूपमा नियन्त्रण कायम गर्न महिनौँदेखि रोकिरहेका थिए ।

युक्रेनी फौज पछि हटेसँगै मारिउपोलमा ठूलो क्षति हुने गरी भएको सबैभन्दा डरलाग्दो घेराबन्दी पनि समाप्त भएको बताइएको छ ।

रुसी रक्षा मन्त्रालयले ५३१ युक्रेनी सैनिकहरू त्यहाँबाट हटेपछि मारिउपोल र सो स्टिल कारखाना ‘अहिले पूर्णतः मुक्त’ भएको जनाएको छ ।

‘लडाकूहरू लुकिरहेको उक्त उद्योगका भूमिगत क्षेत्रहरू पनि रुसी सशस्त्र बलको पूर्ण नियन्त्रणमा आएको’ रुसी पक्षले एक विज्ञप्ति जारी गर्दै जनाएको छ । 

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यहाँ खटेका अन्तिम सुरक्षाकर्मीहरूलाई उक्त स्थान छाड्न आदेश दिइएको स्वीकार गरेका छन् ।

एक टेलिभिजन च्यानलसँग कुरा गर्दै उनले भने– ‘आज युक्रेनी सैनिक नेतृत्वले उनीहरूलाई उनीहरूले त्यहाँबाट बाहिर निस्किन र आफ्नो ज्यान जोगाउन सक्ने स्पष्ट सन्देश दिएको छ ।’

हप्तौँसम्म आजोभ्स्टाल क्षेत्र पूरै घेराबन्दीमा रहँदै आएको थियो । रूसी सैनिकहरूले त्यस क्षेत्रमा सबै मानवीय सहायतालाई अवरोध पुर्‍याउँदै त्यहाँ गोलाबारी गर्दै आएका थिए । उनीहरूले त्यहाँ सुरक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न दबाब दिइरहेका थिए ।

उक्त क्षेत्रमा फसेका कैयौँ गैरसैनिक नागरिकमध्ये महिला, बालबालिका र ज्येष्ठ नागरिक पनि रहेको युक्रेनी अधिकारीले बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  १० : ५९ बजे

वसन्तपुरमा योमरी पुन्हीको रौनक (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात्, आज धानको विधिपूर्वक पूजाआजा

काठमाडौंविरुद्ध पोखराले गुमायो दुई विकेट

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

झापामा नरिवलको व्यावसायिक खेती

झापा– समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन प्रदेश सरकार निर्देशन

सुर्खेत– कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष

देशभर हर्षोल्लासका साथ उँधौली पर्व मनाइँदै

काठमाडौं– मङ्सिर पूर्णिमाका अवसरमा पितृको मान र प्रकृतिको सम्मानमा किराँत