विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण « Khabarhub

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेस महामन्त्रीद्वयद्वारा आयोगको ध्यानाकर्षण


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।

मंगलबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।

कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो सङ्ख्यामा नेपालीहरू रहेको भन्दै उनीहरूलाई मतदानबाट वञ्चित गर्न नहुने बताए। यस विषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे। विदेशमा लाखौँ नेपाली रहेको र उनीहरूले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारबाट वञ्चित गर्न नहुने उनले बताए ।

त्यस्तै कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौँमा पनि मतदाता नामावली सङ्कलनलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए। मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए ।

थापाले तत्कालै काठमाडौँको मतदाता नामावली सङ्कलनलाई व्यवस्थित गर्ने प्रतिवद्धता आयोगले जनाएको बताए।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  २ : ४२ बजे

नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने

नवलपुर– रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित बनेकाहरूका लागि

नेपाल टेलिकमको त्रिशूली थ्रीए साइट पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले रसुवाको त्रिशूली थ्रीए जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत

भोटेकोशी बाढीपछि परराष्ट्रमन्त्री खनालको सर्बिया भ्रमण स्थगन

काठमाडौं– रसुवा, नुवाकोटलगायत क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपछि परराष्ट्रमन्त्री शिशिर

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा

चितवन– भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र

त्रिशूली–३ को सुरुङबाट ४३ विदेशीसहित २०८ जना उद्धार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीका कारण प्रभावितहरूको उद्धारका क्रममा नेपाली सेनाका