ऋषभ पन्त : धोनी र कोहलीको ‘बाइप्रोडक्ट’ | Khabarhub Khabarhub

ऋषभ पन्त : धोनी र कोहलीको ‘बाइप्रोडक्ट’

जसले भारतीय टिमलाई जिताउँदा सनसनी मच्चाउँछन्



काठमाडौँ : हरेक मानिसलाई आफ्नो उद्देश्य पुरा गर्न कुनै न कुनै बेला एक मार्गदर्शकको आवश्यकता पर्ने गर्दछ । जब मार्गदर्शक आफैँ नै त्यस बाटोमा हिँडिसकेका हुन्छन्, तब सपनासम्मको बाटो पनि छोटो समयमा नै पुरा हुन्छ ।

यसको ज्वलन्त उदाहरण हुन्, भारतीय क्रिकेटर ऋषभ पन्त । भारतीय क्रिकेटलाई विश्वसामु चिनाउन सचिन तेन्दुलकरपछि महेन्द्र सिंह धोनी र विराट कोहलीले ठूलो योगदान दिएको दाबी गरिन्छ । यस्ता क्रिकेटका हस्तीसँग मैदानमा खेल्दा आफूले सिकेको कुराहरूलाई मनन गरेर अहिले पन्तअगाडि बढिरहेका छन् ।

धोनीको मैदानभित्रको हिसाब गर्ने शैली र कोहलीले सिकाएको खेल जित्ने शैली अहिले पन्तमा देखिन थालेको छ । जुन कुरा उनले एक वर्ष अगाडि नै बताएका थिए । यसकारण पनि छोटो समयमा नै पन्त भारतका लागि एक भरपर्दो फिनिसरका रूपमा स्थापित भइरहेका छन् ।

शनिबार भएको इङ्ल्याण्डविरुद्धको तेस्रो एकदिवसीय खेल पन्तको फिनिसिङ स्टाइलको एक नमुना थियो । धेरै खेल पण्डितले सो खेलपश्चात पन्तको आक्रामक ब्याटिङ, क्लियर माइन्डसेट र परिपक्वताको खुलेर प्रशंसा गरेका छन् ।

भारतीय खेलाडीमा युवा पुस्ताका पन्त निडर खेलाडी भएको इङ्ल्याण्डका कप्तान जोस बटलर पनि बताउँछन् । पन्तकै ब्याटिङका कारण खेल हारेका बटलर सबै क्रिकेट संरचनाका लागि पन्त उत्कृष्ट बताएको बताउँछन् । जसले दर्शकलाई पनि धेरै मनोरञ्जन दिइरहेको उनको भनाई छ ।

गत शनिबारको खेलमा १ सय १३ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै पन्तले नटआउट १ सय २५ रन बनाए । यो पन्तको पहिलो एकदिवसीय शतक पनि हो ।

२४ वर्षीय पन्तले भारतको टप अडर ब्याट्सम्यानको लाइनअप विफल भएपश्चात् मैदान प्रवेश गरेका थिए । केवल एक पटकमा एक बलमा मात्र ध्यान केन्द्रित गर्दा सो नतिजा आएको पनि पन्तले भनेका छन् ।

एकदिवसीय सिरिजको इतिहासमा २५० देखि २७० रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको अधिकांश टोलीहरुले ३ विकेट गुमाएर ५० भन्दा कम रन बनाउँदा खेल आफ्नो पक्षबाट गुमाएका छन् । यस्तो १ सय ३२ परिस्थितिमा केवल १६ टोलीले जित आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

तर, कुनै पनि टोलीले भारतको जसरी कम बलमा यो उपलब्धि प्राप्त गर्ने सकेका थिएनन् । सो जितको श्रेय भने सफल मिडलअर्डर ब्याटरद्धय पन्त र हार्दिक पाण्डयालाई जाने कप्तान रोहित शर्माको भनाइ छ ।

पन्त र पाण्डयाको साझेदारीमा यो पहिलो शतक हो । यसअघि सन् २०२१ मा पुनेमा इङ्ल्याण्डविरुद्धको नै खेलमा यस्तै अवस्थामा यी दुईको साझेदारीमा भारतले ११ ओभर ४ बलमा ९९ रन जोड्न सफल भएको थियो ।

पन्तको सुरुवाती संघर्ष

किशोर अवस्थाको दिनहरूमा पन्त आफ्नो पहिचान बनाउन विभिन्न सहर पुग्ने गर्थे । आफ्नो क्रिकेट शैलीलाई तिखार्न दिल्लीबाट राजस्थान पनि पुगे । केही समयपश्चात् पुनः दिल्ली पनि फर्किए । सुन्दा आश्चर्य लाग्न सक्छ तर सो दौरान पन्त एकेडेमीबाट पनि निकालिएका थिए ।

यस्ता अनुभवका कारणले पनि होला पन्तको सफलताका लागि अनुशासनले मुख्य भूमिका खेल्ने बुझेका छन् । केही वर्ष पश्चात् पन्तको लागि बंगलादेशमा आयोजना भएको यू–१९ विश्वकप क्रिकेटको लागि ढोका खुल्यो ।

सो मौकाको सदुपयोग गर्दै पन्तले विश्वमा आफ्नो नाम बनाउन पहिलो पाइला चाले । नेपालविरुद्धको खेलमा उनले कीर्तिमानी अर्धशतक प्रहार गरे । खेल जिताउन उनैको भूमिका थियो । यसलगतै नामिबियाविरुद्धको खेलमा शतक बनाउन पनि सफल भए । सो शतकले भारतलाई सेमिफाइनलमा पुर्‍यायो ।

संयोग फेरि यस्तो बन्यो कि आईपिएलमा तत्कालीन दिल्ली डेयरडेभिल्सले पन्तलाई १ करोड ९ लाख भारतीय रुपैयाँमा खरिद गरिदियो । उनी दिल्लीमा आबद्ध भएकै दिन शतक प्रहार गरे ।

सन् २०१५ मा १८ वर्षको उमेरमा पन्तले रणजी ट्रफीमा आफ्नो डेब्यू गरेका थिए । यसको एकवर्षपश्चात नै पन्तले महाराष्ट्रविरुद्धको ट्रिपल–हन्ड्रेड र झारखण्डविरुद्ध केवल ४८ बलमा शतक प्रहार गर्दै कीर्तिमान बनाए ।

सन् २०१७, जनवरीमा भारतमा भएको इङ्ल्याण्डविरुद्धको तीन टी–ट्वान्टी खेलको सिरिजमा पनि पन्तले आफ्नो स्थान पक्का गरे ।

सन् २०१८ मा टेस्ट फम्र्याटमा डेब्यु गरेका पन्तले ३१ खेलमा ५ शतक र १० अर्धशतक प्रहार गरिसकेका छन् । सोहि वर्ष एकदिवसीय खेल्न सुरु गरेका पन्तले २७ खेलमा ५ अर्धशतक र १ शतक प्रहार गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय एकदिवसीय ३ अर्धशतक प्रहार गरेका छन् ।

पन्तको विगत चार वर्षको प्रदर्शनलाई हेर्ने हो भने भारतीय टोलीमा कोहलीको बिग्रँदै गएको प्रस्तुतिको विकल्पमा पन्त र पाण्डया जस्ता खेलाडी भरपर्दो देखिन्छन् ।

यदि पन्त र पाण्डया जस्ता क्रिकेटरलाई सही लाइनअपमा मैदान प्रवेश गराउने हो भने भारतको खस्किँदै गएको प्रदर्शनलाई बचाउने मात्रै छैन, आउँदै गरेको विश्वकपमा भारतलाई विश्वकप दिलाउन सक्छ ।

विश्वकपका आकर्षक खेलाडी

केही महिनापछि अष्ट्रेलियामा टी–ट्वान्टी विश्वकप हुँदैछ । विश्वकपलाई लिएर विभिन्न अड्कलबाजी पनि चलिरहेका छन् । तर पछिल्ला युवापुस्ताका खेलाडीको प्रदर्शनलाई लिएर विश्वकपमा उत्साहित फ्यान धेरै छन् ।

त्यसमा पछिल्लो समय भारतीय ब्याटर तथा विकेटकिपर ऋषभ पन्तका फ्यान झन् धेरै छन् । आइपीएलमा दिल्लीमा हुँदा आफुलाई प्रमाणित गरेका उनले पछिल्लो समय भारतीय टिमबाट सबै फम्र्याटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

विकेटकिपरका हिसाबमा धोनीपछिका राम्रा खेलाडी पन्त अहिलेका युवा पुस्ताका खेलाडीमा पनि स्टाइलिस हुन् । पन्त ब्याटिङमा जमेपछि सबै किसीमका शट खेल्न सक्ने खेलाडीका कारण चर्चित छन् । त्यतिमात्रै होइन उनले असाध्यै कठिन घडीमा पनि खुलेर रमाउँदै ब्याटिङ गर्ने गर्छन् ।

भारतलाई टी–ट्वान्टी, एकदिवसीय र टेस्ट खेल जिताउँदा अविष्मरणीय र कीर्तिमानी प्रदर्शन गरिरहेका पन्तको ब्याटिङ अब विश्वकपमा हेर्न लायक हुनेछ । आइसीसीले पनि विराट कोहलीपछि ऋषभ पन्तलाई भारतीय खेलाडीमा सबैभन्दा धेरै स्टाइलिस खेलाडीका रुपमा बुझेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ५ : ४२ बजे

व्यासमा प्लास्टिक झोला निषेध गर्न कार्यविधि

तनहुँ– तनहुँको व्यास नगरपालिकाले ‘प्लाष्टिकमुक्त अभियानसम्बन्धी कार्यविधि’ २०८१ पारित गरेको

जेरुसेलमस्थित अल जजिरा टिभीको कार्यालयमा इजरायली प्रहरीको छापा

काठमाडौं– इजरायली प्रहरीले जेरुसेलमस्थित एम्बेसेडर होटलमा रहेको अल जजिरा टिभी

जिरीबाट बाइक र मैनापोखरीबाट हेलमेट चोरी

दोलखा– गएराती दोलखाको जिरी नगरपालिका र वैतेश्वर गाउँपालिमा मोटरसाइकल र

बागमतीमा नेवार र तामाङ भाषा सरकारी कामकाजमा

काठमाडौं– बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ

चितवनको इच्छाकामनामा ‘कोल्ड ड्रिंक्स’ निषेध, पाहुनालाई दही-महीले स्वागत

चितवन- चितवनको इच्छाकामना गाउँपालिकाले पेय पदार्थहरू ‘कोल्ड ड्रिंक्स’लाई निषेध गर्ने