मूल्यवृद्धिविरुद्ध बोल्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए : प्रदीप ज्ञवाली   « Khabarhub

मूल्यवृद्धिविरुद्ध बोल्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए : प्रदीप ज्ञवाली  


५ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए ।‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उनले भने, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फीति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताए ।

मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका उनले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताए ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उनले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताए । कृत्रिम अभाव, महँगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उनले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरे ।

प्रकाशित मिति : ५ श्रावण २०७९, बिहीबार  ३ : १२ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

महेन्द्रनगर– जनकपुरधामका फरक दुई स्थानमा टिपरको ठक्करबाट भएका दुर्घटनामा एक

मध्य जाडोमै स्विमसुटमा प्रियंकाको हट तस्बिर

काठमाडौं – जाडो मौसमको मध्यमा नायिका प्रियंका कार्कीले स्विमसुटमा हट

सङ्गठित अपराधमा लामिछानेलाई उन्मुक्ति दिनखोज्नु आपत्तिजनक : जेनजी मुभमेन्ट 

काठमाडौं– जेनजी मुभमेन्ट नेपालले सहकारी ठगीको आरोपका साथसाथै सम्पत्ति शुद्धीकरण

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित