युरो कप बास्केटबल सोमबारदेखि « Khabarhub

युरो कप बास्केटबल सोमबारदेखि


५ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युरो स्कुलको आयोजनामा युरो कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा छात्रतर्फ १८ तथा छात्रातर्फ १२ टोलीको सहभागिता रहने युरो स्कुलकी प्रबन्ध निर्देशक एवं प्रिन्सिपल शैलाजा आचार्यले आज यहाँ पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइने छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न अवसर दिनुका साथै प्रतिभावान खेलाडीको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनले बताइन् ।

यु–१७ उमेरसमूहमा उक्त प्रतिस्पर्धा हुने छ । नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको उक्त प्रतियोगिताका खेल हात्तीगौडास्थित कोर्टमा खेलाइने छ । फाइनल खेल यही भदौ १३ गते हुनेछ ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आइतबार  ८ : ३० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार