क्रसमत विवादले महोत्तरीमा मतगणना स्थगित « Khabarhub

क्रसमत विवादले महोत्तरीमा मतगणना स्थगित


५ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका सबै क्षेत्रमा क्रस मतको विषयमा विवाद हुँदा अझै मतगणना हुन सकेको छैन । क्रस मतको विषयमा केहीले बदर हुनुपर्ने र केहीले सदर हुनुपर्ने माग राख्दै विवाद सिर्जना भएपछि मतगणना स्थगित भएको हो । भुलबस क्रस भएका मतलाई सदर गर्दै मताधिकारलाई सम्मान गर्नुपर्ने एकथरीको माग छ भने एकथरीले यसलाई बदर नै गर्नुपर्ने अडान लिएका छन् ।

अडान लिनेहरूमा नेकपा एस, जसपा, एमालेलगायतका दल छन् भने मताधिकारको सदुपयोग हुनुपर्छ भन्ने विषयमा अडान लिनेमा सत्तारुढ दल रहेका छन् । कर्मचारीहरूको त्रुटीले मतदान गरेका मतदाताहरू अन्यायमा पर्नु हुँदैन भन्ने हाम्रो माग हो, माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश पोखरेलले भने ।

विशेषगरि क्रस मतको विषयमा क्षेत्र नम्बर १ मा विवाद सिर्जना भएको छ । १ बजेबाट मतगणना सुरु गर्ने भनिए पनि विवादका कारण अहिलेसम्म मत गणना हुन नसकेको हो ।

निर्वाचन अधिकृत गुणराज श्रेष्ठले सर्वदलीय सहमति जुटे आफू मतगणना गर्न तयार रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ मंसिर २०७९, सोमबार  ६ : ३१ बजे

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि