‘अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचार गर्छौ’ « Khabarhub

मलेसियाबाट पर्यटन बोर्डका सीइओ भन्छन्ः

‘अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचार गर्छौ’


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल पर्यटन बोर्डका सीइओ डा.धनन्जय रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटकीय क्षेत्रको प्रचार प्रसार प्याकेज लिएर जाने बताएका छन् । मलेसियामा ‘नेपाल सेल्स मिसन’ कार्यक्रम सम्पन्न गरेपछि बोर्डका सीइओ डा.रेग्मीले अब खाडी देशमा पनि नेपाली पर्यटनको प्रचारप्रसार गर्ने बताएका हुन् ।

खाडी देशमा ठूलो संख्यामा नेपाली रहेकाले उनीहरुमार्फत अब खाडी देशका पर्यटक नेपाल ल्याउने अभियान चलाइने उनले बताए । सीइओ डा.रेग्मीका अनुसार नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेपछि मात्रै विदेशी पर्यटकको संख्या नेपालमा बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

‘नेपालमा सबै खालको पर्यटकीय सम्भावना र स्रोत छ । त्यसको प्रचारप्रसार पहिलो आवश्यकता हो’ उनले मलेसियाबाटै भने, ‘छिमेकी देशका साथै नजिक भएकाले पनि अब खाडी देशमा पर्यटन प्रचार गर्नुपर्छ । त्यसका लागि बोर्डले पहल गर्छ । प्रचारप्रसार गरेपछि मात्रै नेपालमा पर्यटकको फ्लो बढ्छ ।’

मलेसियाका विभिन्न सहरमा नेपाली पर्यटकीय क्षेत्रबारे प्रचार गरेको बोर्डले अब त्यो अभियान खाडी देशमा लैजाने योजना बनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  १२ : ४१ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको