हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न | Khabarhub Khabarhub

हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ सम्पन्न भएको छ । आइतबार सिड्नी आयोजित शोज अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक क्रुजमा आयोजना गरिएको असाप इन्टरटेनमेन्टका सञ्चालक सन्तोष अधिकारीले बताए । नेपाली डिजाइनर रोविन परियारले तयार पारेका नेपाली पहिरनमा नेपाली तथा विदेशी मोडलले र्‍याम्प नापेका थिए । 

नेपाली पोसाकलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन आफूले पहिलोपटक अष्ट्रेलियाको सिड्नीमा क्रुज इभेन्ट गरेको अधिकारीको दाबी छ । कोरोना महामारीपछि पहिलोपटक आफूले ठूलो लगानीमा विदेशमा फेसन शोको आयोजना गरेको उनको भनाइ छ ।

हेरिटेज अफ फेसन अष्ट्रेलियामा नेपालीका साथै ब्राजिलियन र मोरक्कन मोडल नेपाली पहिरनमा र्‍याम्पमा हिँडेका थिए । नेपाली पहिरनमा सजिएका विदेशी मोडलले नेपाली पहिरन निक्कै मन परेकाले अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सघाउने बचन दिएको आयोजक अधिकारी बताउँछन् । 

हेरिटेज अफ फेसनको दुई सिजन नेपालमा र एक सिजन अष्ट्रेलियामा आयोजना भइसकेको थियो । यो फेसन शोका सञ्चालक अधिकारी सिनेमा निर्मातासमेत हुन्। सन्तोष दीपेन्द्र के खनाल निर्देशित सिनेमा आमाका सहनिर्माता र अर्पण थापा निर्देशित सिनेमा तीन जन्तुका निर्माण गरिसकेका छन् । डलर एयुडी छायांकनको तयारी चलिरहेको छ ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  २ : २१ बजे

चुँदीरम्घामा भानुजयन्ती तीनदिन मनाइने

तनहुँ– आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्ती जन्मस्थल चुँदीरम्घामा विविध कार्यक्रमका

प्रि ओपन सेसन : साढे ७ अंकले बढ्यो नेप्से

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

एएफसी महिला कप छनोट : नेपाल र श्रीलङ्का खेल्दै

काठमाडौं– एएफसी महिला एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो

फलफूल तथा तरकारीको थोक मूल्य : केरा दर्जनको १४५ रुपैयाँ, आँपको कति ?

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार)

किसानलाई कृषि औजार वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई कृषि औजार वितरण गरेको छ