‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु « Khabarhub

‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– रूपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि  ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । 

रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उनको भनाई थियो । नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ । 

यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने  संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ । 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित