‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु « Khabarhub

‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– रूपन्देही क्रिकेट सङ्घको आयोजनामा बुधबारदेखि  ‘साई ग्लोबल कप-२०७९ टी-२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ । 

रूपन्देही क्रिकेट सङ्घका अध्यक्ष हरिबहादुर थापाले अन्तरकलेज क्रिकेट प्रतियोगिता गरेर राष्ट्रिय तहमा खेल्ने खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए । विगतमा राष्ट्रिय टोलीमा वर्चस्व राख्ने जिल्लाका खेलाडी अहिले घट्दै आएकाले विभिन्न क्रिकेट प्रतियोगितालाई सङ्घले निरन्तरता दिँदै आएको उनको भनाई थियो । नयाँनयाँ खेलाडीको खोजी र क्रिकेट खेलको विकासका लागि उक्त सङ्घले खुल्ला र संस्थागत खेलहरु आयोजना गर्दै आएको छ । 

यही पुस ६ देखि १६ गतेसम्म आयोजना भएको उक्त प्रतियोगितामा बिजेताले ४० हजार र ट्रफी तथा उपबिजेताले २० हजार ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले पाँच हजार, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही दुई हजार पाँच सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचले एक हजार पुरस्कार पाउने  संघका सचिव सञ्जय गुरुङले जानकारी दिए । प्रतियोगितामा अनुशासित एक टोलीलाई समेत पुरस्कृत गरिने भएको छ । 

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ३ : ०४ बजे

उपसभापतिका उम्मेदवार देवराजले फिर्ता लिए उम्मेदवारी

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा उम्मेदवारी दिएका देवराज चालिसेले पनि उम्मेदवारी

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन मन्त्री मेहताको जोड

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले टेलिमेडिसिन सेवालाई

नेप्से परिसूचक ६ अंकले घट्यो

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज अपराह्न ४ बजे मन्त्रिपरिषद्को बैठक

दसैँमा चार ठूला सिक्वेलको भिडन्त : ‘आमा २’ देखि ‘कबड्डी ५’ सम्म

काठमाडौं– नेपाली चलचित्रका लागि दसैँ सधैँ बक्स अफिसको सुनौलो समय