चखेवा–सेखुवा सडक कालोपत्रे गर्न ढिलासुस्ती | Khabarhub Khabarhub

चखेवा–सेखुवा सडक कालोपत्रे गर्न ढिलासुस्ती


६ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

खोटाङ – जिल्ला समन्वय समिति खोटाङले पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा चासो देखाएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बुधबार पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख सिनियर डिभिजन इन्जिनियर दिपेन्द्र पाण्डेय नेतृत्वको टोलीलाई कार्यकक्षमा बोलाएर दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्ड अन्तरगत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा सडक ९१० किलोमिटर० कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका बारेमा चासो देखाएका हुन् ।

जिसस प्रमुख राईले म्याद गुजारेपछि पटक–पटक म्याद थप गर्दा पनि सडक कालोपत्रेको काम सम्पन्न नभएकोमा सिनियर डिभिजन इन्जिनियर पाण्डेयलाई प्रश्न गरेका छन् । प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाई, निर्माण कम्पनीका प्रतिनिधि लगायतको उपस्थितिमा जिसस प्रमुख राईले मध्यपहाडीको कालोपत्रेको काममा ढिलासुस्ती हुँदा समग्र खोटाङकै ‘इमेज’ बिगारिरहेको चर्चा गरेका छन् ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सनरमैनाचुलीरसिद्दिसाई जेभी, काठ्माण्डौंले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरि २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा, दोश्रो म्याद १३ असार २०७८ मा र तेश्रोपल्ट थप भएको म्याद ३० फागुन २०७८ मै गुज्रिसकेको छ ।

हालसम्म ३४ प्रतिशत काम सकिएको सिनियर डिभिजन इन्जिनियर पाण्डेयले जानकारी दिए । चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठ्माडौं आवत–जावत गर्न स्थायीरुपमा छोटो र सहज बाटो खुल्ने छ । तर निर्माण व्यवसायीले डेढ वर्षदेखि काम अलपत्र पारेको छ ।

जिसस प्रमुख राईले मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–चखेवाभञ्ज्याङ सडक खण्डभित्रका पंखुखोला, छेपे खोला, मेवा खोला र भालु खोलामा पक्की पुल निर्माणमा ढिलासुस्ती भइरहेको बारेमा पनि प्रश्न उठाएका छन् । ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सनको ढिलासुस्तीका कारण दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङ र लामीडाँडा जोड्ने १५ मिटर लम्बाई भएको पंखु खोला पुल चार वर्र्षदेखि अलपत्र छ ।

२०७५ साल असार मसान्तमै सम्पन्न भइसक्नुपर्ने पुलको हालसम्म सिरुवा कन्ट्रक्सनले दुई किनारामा पिलर मात्र ठड्याउने बाहेकका काम गर्न सकेको छैन । पंखु खोला पुल र चखेवाभञ्ज्याङ–सेखुवा सडकको ठेक्का तोड्ने प्रकृया अघि बढिसकेको पुष्पलाल ९मध्यपहाडी० राजमार्ग योजना कार्यालय, धुलिखेलले जनाएको छ ।

यस्तै, छेपे खोला पुल निर्माणको काम आगामी जेठ १३ सम्ममा सम्पन्न हुने, मेवा खोला पुलको डिजाइन स्वीकृत भइसकेको तथा भालु खोलाको पुलको डिजाइन स्वीकृतिको चरणमा रहेको जानकारी दिइएको छ ।

जिसस प्रमुख राईले मध्यपहाडी लोकमार्ग अन्तरगत जयराम–हलेसी सडक खण्डको आवधिक मर्मत कार्य, घुर्मी–खुर्कोटबीचका पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा समेत आवाज उठाएका छन् ।

 

प्रकाशित मिति : ६ पुस २०७९, बुधबार  ९ : ५२ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे