पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै « Khabarhub

पुलिस र एपीएफ तथा आर्मी र संकटा भिड्दै


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज मंगलबार दुई खेलसँगै १२औँ चरणका खेल समाप्त हुँदैछन्। अन्तिम दिन दशरथ रंगशाला दुई खेल हुने भएका हुन्। र, त्यसपछि लिगमा ७ खेल बाँकी रहनेछन्।

जारी लिगमा लिग च्याम्पियनदेखि दोस्रो डिभिजनमा घटुवा हुने टोलीसम्म पक्का हुँदा अब क्लबहरुको योजना तालिकामा राम्रो स्थान बनाउनु हुनेछ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १ बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र नेपाल एपीएफ क्लब आमनेसामने हुनेछन्। पुलिस ११ खेलमा ११ अंक जोडेर ११ औं स्थानमा छ। एपीएफ ११ खेलमा १४ अंक जोडेर आठौं स्थानमा छ।

अपरान्ह पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ।

आर्मी संकटालाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ भने संकटा शीर्ष पाँचमा बलियो बन्न चाहन्छ। आर्मी ११ खेलमा १९ अंक जोडेर चौंथो स्थानमा छ। संकटा ११ खेलमा १५ अंक जोडेर सातौं स्थानमा छ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ७ : ०५ बजे

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

सरुवा भएका निजामती कर्मचारीलाई अनिवार्य रमाना दिन निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

मकवानपुरमा यात्रुवाहक ईभी गाडी दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२, सुकौरामा मंगलबार दिउँसो यात्रुवाहक विद्युतीय गाडी