सुन तस्करीमा दुई विदेशी पक्राउ « Khabarhub

सुन तस्करीमा दुई विदेशी पक्राउ


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल हुँदै सुन तस्करी गर्न खोज्दा दुई विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । दुबईबाट नेपाल हुँदै झण्डै एक किलो सुन तस्करी गर्न लाग्दा भारतीय नागरिक पारसनाथ साह र बङ्गलादेशी नागरिक मोहम्मद उल्लाह पक्राउ परेका विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनीहरुले झण्डै एक किलो सुन तस्करी गर्न खाजेका थिए ।

विशेष सूचनाका आधारमा सोमबार हिमालय एयरलायन्सको उडान नम्बर एच९५६६ द्वारा दुबईबाट काठमाडौँ आएका बङ्गलादेशी नागरिक मोहम्मद उल्ल्लाहमाथि अनुसन्धान गर्दा सुनसहित पक्राउ गरिएको हो । प्रहरी टोलीले जाँच गर्ने क्रममा उल्लाहले लगाएको पाइन्टको पेटी बाँध्ने भागमा फल्स बटम बनाइ डिटेक्ट गर्न नसक्ने गरी पेटी आकारको एक थान अर्धठोस् सुन बरामद गरेको हो ।

यस्तै उनले नै लगाएको भित्री बस्त्रबाट बेलना आकारको दुई थान अर्धठोस् सुन बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सुन झण्डै एक किलो (९३६ ग्राम) रहेको पाइएको छ । उक्त सुनको हालको बजार मूल्य करिब ७७ लाख रहेको छ ।

उनका अनुसार उल्लाहसँगको बयानमा भारतीय नागरिक पारसनाथ साहले भन्सार छली गर्न लगाएको खुलेपछि उनलाई पनि पक्राउ गरिएको छ । अनुसन्धानका क्रममा सुन सङ्कलन गर्ने कार्यमा साहकोसमेत संलग्नता देखिन आएकाले दुबै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १२ : ४५ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी

शेयर कारोबारी अग्रवाल एमालेमा प्रवेश गर्दै

काठमाडौं – नेपाली शेयर कारोबारी दीपेन्द्र अग्रवाल नेपाल कम्युनिष्ट पार्टी

हातहतियार बुझाउन गुल्मी प्रशासनको आग्रह

तम्घास – आगामी फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनको सुरक्षालाई लक्षित गर्दै