चिनियाँ नागरिकसहित ३७ पक्राउ « Khabarhub

चिनियाँ नागरिकसहित ३७ पक्राउ


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–कल बाइपास र अनलाइन जुवाको धन्दा चलाएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले चिनियाँ नागरिकसहित ३७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त नयाँ बानेश्वरको संयुक्त टोलीले साेमबार राती नयाँ बानेश्वरकाे एक घरमा छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुबाट कल बाइपासमा प्रयोग हुने उपकरणहरूसमेत बरामद गरेको छ । प्रहरीले उनीहरुको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले अनलाइनमा जुवा खेलाउने, त्यसैका आधारमा धम्क्याएर रकम असुल्ने गरेको तथा अन्य गैरकानुनी काम गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुई वर्षअघि पनि राजधानीबाट १ सय २० चिनियाँ नागरिकहरू गैरकानुनी रुपमा बसी अपराध गरेको कसुरमा पक्राउ परेका थिए । उनीहरूलाई अध्यागमन विभागले जरीवाना तिराएर चीन ‘डिपोर्ट’ गरेको थियो ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ११ : ५२ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार