भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ–महेश बस्नेत | Khabarhub Khabarhub

भीम रावललाई स्पष्टीकरण सोध्नु पर्छ–महेश बस्नेत


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले पार्टीको निर्णयविपरीत संसदमा आफ्ना धारणा राखेको भन्दै नेता भीम रावललाई स्पष्टीकरण सोधिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल कैलालीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बस्नेतले संसदको नियमविपरीत रावललाई बोल्न दिइएकोमा सभामुखसँग पनि आपत्ति जनाए । ‘शून्य समयमा सांसदले आफ्ना धारणा राख्न पाइने व्यवस्थाविपरीत सभामुखले भीम रावललाई बोल्न दिएका छन्,’ बस्नेतले भने, ‘यो आपत्तिको विषय हो, रावलले पनि पार्टीको निर्णय विपरित संसदमा बोलेका छन्, यस विषयमा पार्टीको संसदीय दलमा पनि गुनासो छ, उहाँलाई स्पष्टीकरण सोधिनु पर्दछ ।’

नेता बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा दलीय व्यवस्थाबारे जानकार नै नरहेको आरोप लगाए । ‘उहाँले गुरिल्ला शासन व्यवस्थाबारे अध्ययन गरेको जस्तो देखिन्छ,’ बस्नेतले भने, ‘त्यही व्यवस्थाअनुसार उहाँ अघि बढ्न खोज्दै हुनुहुन्छ, संसदीय व्यवस्थाअनुसार सभामुखको भूमिका निर्वाह गर्न उहाँ असफल हुनु भएको छ ।’

बस्नेतले प्रचण्ड र माधव नेपालका कारण एमसीसी गिजोलिएको बताए । प्रचण्ड र माधव नेपालले संसदमा एउटा र बाहिर एउटा बोल्दै एमसीसीलाई विवादको विषय बनाएको र उनीहरूकै कारण एमसीसी अन्तर्राष्ट्रियकरण भएको बताए । ‘यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रचण्ड, नेपालको शैलीका कारण आज नेपाल विवादित बन्न पुगेको छ,’ उनले भने, ‘दुईजनाका कारण नेपालको सार्वभौम सत्तामाथि आँच आउन थालेको छ, यसको जिम्मेवारी उनीहरूले नै लग्नु पर्दछ ।’

एमाले गठबन्धन कायम रहँदासम्म एमसीसीका विषयमा केही नबोल्ने बताउँदै उनले गठबन्धन नरहेमा आफ्ना धारणा राख्ने बताए । गठबन्धन कायमै रहेका वेला एमालले एमसीसी पारित गर्न सहयोग नगर्ने पनि उनले बताए । इन्चार्ज बस्नेतले आगामी चुनावमा माओवादीसँग तालमेल हुने कुनै सम्भावना नरहेको बताए । ‘एमालेलाई फुटाउने र आफ्नै सरकार ढालेर रमिता देखाउने माओवादीसँग हाम्रो तत्काल कुनै तालमेल हुँदैन,’ उनले भने, ‘प्रचण्डलाई एक्लाएरै छोड्छौं ।’

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १ : ०१ बजे

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी

माल्दिभ्सका राष्ट्रपति मुइज्जु भारत भ्रमणमा, प्रधानमन्त्री मोदीलाई भेट्दै

काठमाडौं– माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु आफ्नो पहिलो द्विपक्षीय भ्रमणको क्रममा

इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती

चितवन– वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै पुगेका

खाजामा आफैँ ठगिएपछि…

कास्की– जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य