वन अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर « Khabarhub

वन अधिकृतसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जिल्ला वन कार्यालयका तत्कालीन जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरेसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

वृक्षरोपण गर्दा रकम हिनामिना गरेको आरोपमा वन अधिकृसहित चारजनाविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारले मुद्दा दायर गरेको अन्यमा तत्कालीन सहायक वन अधिकृत विन्देश्वरप्रसाद पटेल, सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल सिम्रौनगढ–११ का अध्यक्ष मदनप्रसाद जैसवार रहेका छन् ।

सहायक वन अधिकृत विन्देश्वर पटेलले वृक्षरोपण गर्न विनियोजित रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धान हुँदा तत्कालीन जिल्ला वन कार्यालय बाराले आर्थिक वर्ष २०७३र०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको सिम्रौनगढ नगरपालिकास्थित उचिडिहमा वृक्षारोपणका लागि विनियोजित रकम ३ लाख ६० हजार रुपैयाँ हिनामिना गरेको पुष्टी हुन आएको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ३ : १५ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन