१२ बर्षमा पनि नबलेको छालसेरीको बिजुली « Khabarhub

१२ बर्षमा पनि नबलेको छालसेरीको बिजुली


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– भनिन्छ, १२ वर्षमा खोला पनि फर्किन्छ । तर, जुम्लाको कनकासुन्दरी–७ रोकायाबाडामा निर्माणधीन छालसेरी जलविद्युत आयोजना १२ वर्षमा पनि निर्माणसम्पन्न भएको छैन । जसका कारण कनकासुन्दरी वडा नम्वर ७ र ८ का ११ सय घरधुरी १२ बर्ष देखि बिजुली बाल्ने आशमा छन् ।

यो वडा कर्णाली प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायको जन्म गाउँ पनि हो । स्थानीयले आयोजना निर्माण छिटो गर्न र गाउँमा बिजुली पुर्‍याउन रोकाय सांसद हुँदादेखि नै पटकपटक आग्रह गरेका थिए । रोकाया मन्त्री नै बनिसकेपछि स्थानीयको बिजुली बाल्ने आशा झनै मौलाएको थियो ।

मन्त्री रोकायाले पनि आयोजना निर्माणको लागि एक करोड ३० लाख रुपैयाँ सांसद कोष र निर्वाचन क्षेत्र कोषबाट छुट्टाएकाको बताए । उनले भने, ‘बिजुली बाल्न बजेटको अभाव छैन । तर, उपभोक्ता समितिले नै आयोजना बनाउन ढिलाई गरिरहेका छन् । उपभोक्ताको लापरबाहीका कारण गाउँ अहिले पनि अन्धकार छ ।’

यही योजनाको लागि तत्कालिन पाण्डगुफा गाउँ विकास समितिबाट पहिलोपटक १५ लाख रुपैयाँ बजेट व्यवस्था गरिएको थियो । त्यसपछि क्रमशः दोस्रो पटक १३ लाख रुपैयाँ, तेस्रो पटक सात लाख रुपैयाँ, गरिबी निवारण कोष जुम्लाबाट ४८ लाख रुपैयाँ, कनकासुन्दरी गाउँपालिकाबाट २० लाख रुपैयाँ, अध्यक्ष र उपाध्यक्ष कोषबाट १३ लाख रुपैयाँ, कनकासुन्दरी– ८ ले पहिलोपटक १३ लाख रुपैयाँ, दोस्रोेपटक आ७ लाख रुपैयाँ, र वडा नम्बर ७ बाट पहिलो पटक ६ लाख रुपैयाँ, दोस्रो पटक पाँच लाख रुपैयाँ बजेट दिइसकेको छ ।

१२ गाउँका ११ सय घर बिजुलीविहीन
कनकासुन्दरी गाउँपालिका वडा नम्बर ७ र ८ मा रहेका १२ गाउँका ११ सय घरमा बिजुली छैन । बिजुलीको बनाउदै १२ वर्ष भइसकेको छ । निर्माणको काममा ढिलासुस्ती हुँदा आरसीसी नहर भत्किन थालिसकेको छ । कतै जिर्ण बनिसकेका छन् भने कतै ढुंगाले नहर भरिएका छन् । पाइप फुटेका छन् । पोल ढलेका छन् । तार चुटिएका छन् । केहीँ ठाउँमा पोल हाल्न बाँकी छ । मेसिन पनि बिग्रेकोले तत्काल बत्ती बल्ने अवस्था देखिँदैन ।

बिजुलीका नाममा बजेट ल्याउने, आफन्तहरू उपभोक्ता समितिमा राख्ने र बिजुली बनाउने कामलाई कमाइ खाने भाँडो बनाउने गरेको स्थानीय माधव काफ्ले बताउँछन् । उनले भने, ‘बजेट आउने बित्तिकै उपभोक्ता समिति गठन गर्ने, एकै समितिले हुने ठाउँमा चार वटासम्म समिति चलाउने गरेकोले समस्या आएको हो ।’

यहाँका नागरिक हरेक दसैं र तिहारमा बिजुली बल्छ की भनेर आशामा बस्छन् । तर, १२ वर्षदेखिको दसैं अन्धकारनै छ । १२ बर्षदेखि बिजुली बाल्ने सपना पूरा हुन नसकेको स्थानीय धर्मलाल प्याकुरेल बताउँछन् ।

उनले भने, ‘यो योजनामा बजेटको अभाव छैन । तर काम हुँदैन । बिजुली जोड्न भनेर आएका इन्जिनियर र प्राविधिकले नै गलत गर्छन ।’ वडा नम्बर ७ का वडाध्यक्ष धनजित रोकायाले भने, ‘बिजुली बले पनि बेयरिङ बिग्रने ठुलो समस्या छ ।’ अबको केही दिनभित्र आयोजनको बिजुली बल्ने उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ६ : १५ बजे

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी

सरकारका १०० दिन : सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा

काठमाडौँ– सरकारले सुरक्षा सङ्गठनको सुदृढीकरण गर्दै आन्तरिक सुरक्षालाई मबजुत बनाउने

घानालाई १–० गोलले हराउँदै कोलम्बिया अन्तिम १६ मा

काठमाडौँ– फिफा विश्वकप फुटबलमा कोलम्बिया अन्तिम १६ मा प्रवेश गरेको