नेपाल बैंकका कर्मचारी र ग्राहकले बीएण्डबी अस्पतालबाट छुट पाउने « Khabarhub

नेपाल बैंकका कर्मचारी र ग्राहकले बीएण्डबी अस्पतालबाट छुट पाउने


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका कर्मचारीहरु एवं ग्राहकहरुलाई ललितपुरको बीएण्डबी अस्पतालमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

बैंक र अस्पतालबीच सोमबार भएको सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालको विविध सेवाहरुमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्युआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई अस्पतालको विविध सेवाहरुमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको छ ।

बीएण्डबी अस्पताल ग्वार्को ललितपुरमा भएको उक्त सम्झौता पत्रमा अस्पतालका तर्फबाट प्रा.डा.अशोककुमार बास्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका थिए । कार्यक्रममा अस्पतालका सञ्चालक प्रा.डा.अशोककुमार बास्कोटाले अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी गराउदै नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडका सम्पूर्ण कर्मचारीहरु एवं ग्राहकहरुलाई न्यूनतम शुल्कमा उच्चस्तरिय स्वास्थ्य सुबिधा प्रदान गर्ने अवसर मिलेकोमा आफु धेरै नै खुशी भएको धारणा व्यक्त गरे ।

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपालको स्वास्थ्य सेवामा आफ्नो विशेष स्थान बनाउन सफल बीएण्डबी अस्पतालसँग सहकार्य गर्न पाएकोमा अस्पतालप्रति आभार व्यक्त गर्दै नेपाल बैंकका सम्पूर्ण कर्मचारीहरु एवं डिजिटल र कार्डमार्फत भुक्तानी गर्ने ग्राहकहरुलाई स्वास्थ्य उपचारमा विशेष छुट प्रदान गर्ने व्यवस्था गरेकोमा हस्पिटल प्रति खुशी व्यक्त गरे ।

उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेडका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुनबहादुर कँडेल, बीएण्डबी अस्पतालका तर्फबाट डा.रिना श्रेष्ठ(वैद्य), डा.सरोज वैद्य, डा.विवेक बास्कोटा, चेतना बास्कोटा, प्रविण बराल, विवेक श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

नेपाल बैंकले नेपाल राज्यभर २१३ शाखाहरु, १४७ एटिएम मेसिन साथै ४९ वटा एक्सटेन्सन काउन्टरमार्फत करिब २० लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ४ : ४५ बजे

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित

दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द

चितवन – दूधको अभाव भएपछि यहाँको चितवन मिल्क उद्योग तीन