देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’ « Khabarhub

देउवालाई ओलीको जवाफ– ‘आफूहरूका माग पूरा नभएसम्म कुनै संसदीय प्रक्रियामा जाँदैनौँ’


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

आज साँझ प्रधानमन्त्री देउवा र ओलीबीच प्रधानमन्त्री निवास वालुवटारमा भेटवार्ता भएको हो ।

भेटका क्रममा प्रधानमन्त्री देउवाले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि ओलीसमक्ष आग्रह गरेका थिए ।

भेटमा अध्यक्ष ओलीले आफ्नो पार्टीले विगत ६ महिनादेखि जायज मागहरू राखेर सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरू पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने स्पष्ट पारेका थिए ।

भेटवार्ता नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।

प्रतिनिधिसभामा एमसीसी सम्झौतासम्बन्धी प्रस्ताव पेश भएपछि यसमा सहमति जुटाउनका लागि प्रधानमन्त्री देउवा प्रयासरत छन् ।
एमसीसीको विषयमा गठबन्धनकै दलहरूले साथ छाडेपछि प्रधानमन्त्री देउवा ओलीलाई सहमतिमा ल्याउन थप सक्रियता देखाएका हुन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  ८ : ५४ बजे

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा

बाढी प्रभावित ज्येष्ठ नागरिकलाई प्रधानमन्त्रीको आश्वासन : ‘हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित ज्येष्ठ नागरिकलाई आफूहरू