पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार घटनाको छानबिन गर्दै गृह मन्त्रालय « Khabarhub

पूर्वप्रधानमन्त्रीको गाडीमा ढुंगा प्रहार घटनाको छानबिन गर्दै गृह मन्त्रालय


१० फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीको गाडीमा ढुंगा प्रहार भएको घटनाको छानबिन भइरहेको जनाएको छ ।

आइतबार एमसीसीविरुद्ध भएको प्रदर्शनका क्रममा काठमाडौँको नयाँ बानेश्वरमा पूर्वप्रधानमन्त्री ओलीको गाडीमा ढुंगा प्रहार भएको थियो ।

गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी ढुंगा प्रहार घटनामा संलग्न व्यक्तिहरू छानबिनको क्रममा रहेको जनाएको छ ।

मन्त्रालयले हिंसात्मक कार्यको भत्र्सना पनि गरेको छ । साथै, यस्ता प्रकृतिका घटनाको नेपाल सरकार गम्भीरता पूर्वक निगरानी गरिरहेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलबार  १० : ३२ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित