पार्टीले मन्त्री बनाएकालाई तत्काल हटाउँदैन : माधव नेपाल « Khabarhub

पार्टीले मन्त्री बनाएकालाई तत्काल हटाउँदैन : माधव नेपाल


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीबाट सरकारमा गएका मन्त्रीहरु हेरफेर नहुने स्पष्ट पारेका छन् ।

केही दिन यता एकीकृत समाजवादीले सरकारमा पठाएका मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिने तयारी गरेको समाचारहरु सार्वजनिक भइरहँदा पार्टी अध्यक्ष नेपालले त्यसमा सत्यता नभएको बताएका हुन् ।

सोमबार साँखुमा आयोजना गरिएको कार्यक्रममा अध्यक्ष नेपालले पार्टी मन्त्री हेरफेर गर्ने पक्षमा नरहेको बताएका हुन् । उनले गलत र नियोजित रुपमा हल्ला फिँजाइएको बताए । उनले कार्यकर्तालाई हल्लाको पछि नलाग्न आग्रह गरे । ‘बाहिर आएको हल्लाको पछि नलाग्नुस् । मन्त्रीहरुलाई निकाल्दैछन्, नयाँ पठाउँदैछन् भन्ने हल्ला नपत्याउनू ।’

मन्त्री फेर्दैछन् भन्ने हल्ला चलेपछि आफ्ना पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कर्मचारीले नटेरेको उनले बताए । उनले आफ्ना पार्टीबाट सरकारमा रहेका दुई मन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको समाचारहरुमा पनि सत्यता नभएको दाबी गरे ।

एकीकृत समाजवादीबाट सरकारमा पाँच जना सहभागी छन् । सरकारमा एकीकृत समाजवादीबाट विरोध खतिवडा, प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री सहित भवानी खापुङ राज्यमन्त्री रहेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ६ : ३० बजे

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन

दार्चुलाका किसानको गुनासो– ‘लटरम्म स्याउ फले, बिक्री हुँदैन’

दार्चुला– दार्चुलाको अपी हिमाल गाउँपालिका–३ पाथा र कसौती गाउँमा लटरम्म