बुकिङ अगाडि नै सेन्सर  « Khabarhub

बुकिङ अगाडि नै सेन्सर 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत मंगलबार चलचित्र विकास बोर्डको बैठकबाट फिल्म हलले बुकिङ खुलाउन सेन्सर पास हुनुपर्ने निर्णय गर्दै कार्यन्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई प्रस्ताव समेत गरिसकेको छ । यसै कारण नेपाली फिल्म ‘मन्त्र’ ले एक साता अगाडि नै सेन्सर गरेको छ । प्राय रिलिजकै हप्ता सेन्सर गरिने फिल्महरु विकास बोर्डको बैठकको निर्णयसँगै चनाखो हुन् थालेका छन् । 

सौगात मल्ल, बुद्धि तामाङ , दीया पुन अभिनीत फिल्म बैशाख १६ गतेदेखि प्रदर्शनमा आउँदै। फिल्मले सेन्सर मार्फत युनिभर्सल अर्थात् केन्द्रीय चलचित्र जाँच समितिले सबै दर्शकले हेर्न मिल्ने गरि प्रदर्शन स्वीकृति दिएको छ ।

खिल बहादुर गुरुङको निर्देशन रहेको फिल्मले हिमाली प्रेमकथा बोल्नेछ । सुरेश कार्की, रविराज कार्की र सुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

मनास्लु हिमालको बेसक्याम्प क्षेत्रमा छायांकन गरिएको फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामाको पनि शीर्ष भूमिका रहेको छ । परिक्षेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा, सन्तोष सुनारको संगीत, सञ्जय लामाको छायांकन एवं मित्र डि.गुरुङको सम्पादन छ। 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १ : ३० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ